काभ्रे र सिन्धुपाल्चोकमा त्रिपाल यात्रा !
screennepal
प्रकाशित: २०७२, १ पुष बुधबार
no img

काठमाडौं– भुकम्प पीडित बस्तीमा अझैं पुर्ननिर्माण कार्य थालनी भएको छैन । पीडितहरु चिसोमा कठ्यांग्रिदै दैनिकी चलाउन विवश छन् । जस्ता पाताका चिसा र खुल्ला टहराभित्रैबाट महिला हिंसाका अनेक घटनाहरु सार्वजनिक भइरहेका छन् । यस्तो माहौल बिच शिल्पी र सेलो थिएटर (शान्ति फाउण्डेशन नेपाल)का कलाकारहरु चेतनामुलक नाटक लिएर काभ्रे र सिन्धुपाल्चोकका दुर्गम बस्तीहरुको एक महिने यात्रामा निस्केका छन् ।

Tripal drama  (6)
कचहरी नाटक ‘त्रिपाल’ लिएर कलाकारहरु भुकम्प पीडित बस्तीमा पुगेका हुन् । सिन्धुपाल्चोक हेलम्बुबाट अघिल्लो हप्ता थालिएको नाट्य यात्रामा शिल्पी र सेलोका १२ जना कलाकार सहभागी छन् । टोलीले सिन्धुपाल्चोकको हेलम्बु, मेलम्ची, ज्यामिरे, बाहुनेपाटी, बा“सबारी, बा¥हबिसे लगायतका थलोमा ‘त्रिपाल’ मंचन गरेको बताइएको छ । गंगा तिवारीले निर्देशन गरेको नाटकमा भुकम्प पीडित बस्तीमा हुने यौन हिंसा, राहत वितरणमा हुने अनियमिततादेखि संकटको फाइदा उठाएर हुनसक्ने चेलिबेटी बेचविखनसम्मका सन्दर्भलाई उठाइएको छ ।

Tripal drama  (5)
‘भुकम्प पीडित बस्तीहरु यतिबेला आफन्त र घर गुमाउनुको पीडाले सुनसान छ, यस्तोमा विवशताको फाइदा उठाउने अनेकौं हर्कतहरु हुनसक्छन् र भइरहेको समाचारहरु पनि आइरहेका छन्’ निर्देशक तिवारीले भने, ‘पीडितहरु सचेत बनाउ“दै सकारात्मक उर्जा दिन हामीले नाटक यात्रा थालेका हौं ।’ काठमाडौंमा दुई साता लामो कला कार्याशालाबाट तयार पारिएको नाटकमा सरिता साह, सोनाम पाख्रिन, शान्ति वाइवा, सन्तोष तामाङ, सविन कट्टेल, निमा लामा, सम्रान्त थापा, अविसन तामाङ, शर्मिला लामा, प्रभाष घिमिरे लगायतले अभिनय गरेका छन् ।
नाटक एउटा समस्यामा पुगेर रोकिएपछि दर्शक स्वयंबाट समाधान खोजिने कचहरी शैलीमा आधारित भएकोले बढि प्रभावकारी ठहरिने निर्देशक तिवारीले दावी गरे । कथा, संवाद र भेषभुषा समेत स्थानिय समुदायस“ग मिल्ने गरि प्रयोग गरिएको हु“दा नाटकले दर्शकको मन जितेको यात्राका संयोजक जगत तामाङले जनाए । २५ दिन लामो नाट्य यात्रा क्रममा टोलीले सिन्धुपाल्चोकको १३ र काभ्रेको १२ गाविसमा नाटक मंचन गर्ने जगतले बताए ।

Comments