निश्चल–स्वस्तिमाबीच इन्गेजमेन्ट
screennepal
प्रकाशित: २०७२, २८ मंसिर सोमबार
no img

Nishcha
काठमाडौं । यो वर्षको मंसिर जाँनै लाग्दा निर्देशक निश्चल बस्नेतले अभिनेत्री स्वस्तिमा खड्कासँग इन्गेजमेन्ट गरेका छन् । ‘होस्टल रिर्टन्स’ अभिनेत्री स्वस्तिमा र निश्चलले सोमबार राजधानीमा एक सामारोहबीच इन्गेजमेन्ट गरेका हुन् । उनीहरु केही समययता रिलेसनमा रहँदै आएका थिए । दुबैको परिवारमा सल्लाह सल्लाह मत मिलेपछि उनीहरुले रिलेनसीपलाई विवाहमा परिणत गरेका हुन् । इन्जिनियर अध्ययनरत स्वस्तिमाले केही म्यूजिक भिडियोमा समेत अभिनय गरेकी छन् भने निश्चल पछिल्लो समयका सफल निर्देशक मानिन्छन् । इन्गेजमेन्ट गरेपछि निश्चलले ‘सहयात्रीका साथ’ भन्दै फेसबुकमा फोटो सेयर गरेका छन् । इन्गेजमेन्टपछि निश्चल र स्वस्तिमालाई बधाइको ओइरो लागेको छ । स्क्रीन नेपालको तर्फबाट पनि निश्चल र स्वस्तिमालाई सफल दाम्पत्य जीवनका लागि हार्दिक बधाइ तथा शुभकामना । तस्बिर : निश्चलको फेसबुकबाट ।

nishcahal 1

Comments