तिर्सनाको ‘राष्ट्रवादी कन्सेप्ट’रे यी तस्बिर ! (फोटोफिचर)
screennepal
प्रकाशित: २०७२, २८ मंसिर सोमबार
no img

2G6A9143a

काठमाडौं । कलाकारहरु चर्चामा आउनकै लागि अनेक बहाना र तिकडम गर्छन । ‘बरु बदनाम होस तर गुमनाम नहोस’ भनेजस्तै बलिउड र हलिउडका कलाकारले समेत केही न केही स्क्यान्डल मच्चाइरहेका हुन्छन् । यस मामिलामा मोडल तिर्सना बुढाथोकी पनि निकै माहिर छिन् । एक समय अर्धनग्न तस्बिर सुट गरेर चर्चामा आएकी तिर्सना अहिले फेरि चर्चामा आएकी छन् । अहिले शरीरभरी पेन्टिङ गरेर फोटोसुट गरेपछि उनी चर्चामा आएकी हुन् ।

2G6A9152a copy
छातीमा नेपालको राष्ट्र झण्डा, नाइटो मुनि ताल्चा, खुट्टामा पेट्रोल र ग्यास सिलिन्डर र सगरमाथाको नक्सा पेन्टिङ गरेर फोटोसुट गरेकी तिर्सनाले भनिन, ‘यो मेरो राष्ट्रवादी कन्सेप्ट हो ।’ नाइटोमै उनले ‘वेलकम टु इन्डिया’ पनि लेखेकी छन । करिब तीन महिनायता नेपालमाथि भारतले गरेको नाकाबन्दीको आलोचनास्वरुप उक्त कन्सेप्टमा फोटोसुट गरेको उनले बताइन् । नग्न शरीरमा पेन्टिङ गरेकी तिर्सनाले पछाडि ढाँडमा ‘ग«ेटर नेपाल’ र ‘ब्याकअप इण्डिया’ लेखेकी छन । तिर्सनाका अनुसार ती पेन्टिङ ललितकलाका विद्यार्थी पर्मिला लामा र कुन्तीश्री थापामगरले गरेका हुन् ।

2G6A9144a copy

त्यससँगै अजिंगारको तस्बिर पनि पेन्टिङ गरेकी छन् । उक्त पेन्टिङका बारेमा तिर्सनाले भनिन्, ‘यो मेरो सांकेतिक विरोध हो । नेपालका लागि भारत अजिंगर नै हो । उसले नेपाललाई अनेक बहाना र लोभ देखाएर निल्न लागेको छ । मेरो फोटोसुटको कन्सेप्ट यही नै हो ।’

2G6A9127a copy

नयाँ–नयाँ फोटोसुट गरेर चर्चामा आउन माहिर तिर्सना गएको दशैंताका काली र दुर्गाको भेषमा फोटोसुट गरेकी थिइन् । तर, यसपटकको फोटोसुटलाई उनले फरक रुपमा लिएकी छन् । उनले भनिन्, ‘यसअघि पनि धेरै फोटोसुट गरेँ, तर यसपालि देशका लागि गरेकी हुँ । मान्छेले जेसुकै सोचे पनि यो मेरो फोटोसुट ‘राष्ट्रवादी’ हो । यो फोटोसुटबाट  नेताहरुलाई आँखा खुलाउन चाहेका हुँ ।’  भिडियो अन्तर्वाता केही समयपछि आउने छ ।

तस्बिर : ज्ञानु राई
लोकेशन : गोदाबारी

2G6A9137a copy

Comments