मदनकुमारको ‘कर्कलाको पानी जस्तै जीवन’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७२, २५ मंसिर शुक्रबार
no img

काठमाडौं । गायक मदनकुमार राई सोलो भिसिडी एल्बम ‘तिर्खा’ लिएर आएका छन् । एल्बम ‘तिर्खा’ मा ओमप्रकाश राईको सोलो संगीत सुन्न सकिन्छ । एल्बममा सेर्बा राईको एकल शब्दरचना रहेको ‘तिर्खा’ मा गाउँकी गोरीले, त्यो कान्छीको मुहारै राम्रो, तिम्रो जस्तो दुइटा मुटु र कर्कलाको पानी हो जीवन बोलका गीत रहेका छन् । सन् २००१ देखि रोजगारीको सिलसिलामा अबुधावीमा बस्दै आएका गायक राईको ‘तिर्खा’ का चारै गीतको म्युजिक भिडियो निर्देशन संगीतकार ओमप्रकाशले नै गरेका छन् । यस एल्बमलाई ओसियन म्युजिकले बजारमा ल्याएको हो । गाउँकी गोरीले र कर्कलाको पानी हो जीवन बोलको गीतको म्युजिक भिडियोसमत रिलिज गरिएको छ । भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुस ।

Comments