‘हिट एंड रन’ केसमा सलमान निर्दोष !
screennepal
प्रकाशित: २०७२, २४ मंसिर बिहीबार
no img

मुम्बई । बलिउड अभिनेता सलमान खानलाई अदालतले निर्दोष ठहराएको छ । ‘हिट एंड रन’ केसमा मुद्धा खेपिरहेका सलमानलाई मुम्बई उच्च अदालतले निर्दोष भएको फैसला सुनाएको हो । बिहीबार सलमान अदालत पुगेपछि अदालतले उनलाई फैसलाको प्रति दिदैँ निर्दोष रहेको घोषणा जनाएको हो । यसअघि अदालत प्रवेश गर्दै न्यायधीश एआर जोशीले अदालत फैसला सुनाउन तयार रहेको थियो, तर सलमान अदालतमा उपस्थित हुनुपर्ने बताएका थिए । अदालतले जफत गरिएको उनको पासपोर्ट समेत फिर्ता गर्न आदेश दिएको छ ।

salman-khan
मुम्बई प्रहरीले उपलब्ध गराएका सलमानका अंगरक्षक रविन्द्र पाटिलको बयान विश्वासयोग्य नभएको अदालतको ठहर छ । पाटिलले आफ्नो बयान बदल्ने गरेको अदालतले बताएको छ । वादी पक्षले घटना भएको दिन सलमानले नै गाडी चलाएको पुष्टी गर्न नसकेको, त्यसदिन सलमानले मदिरा वा अन्य कुनै नशा लिएको प्रमाण नभेटिएको भन्दै अदालतले उनलाई सफाई दिएको हो । सलमानको सन् २००२ मा तिब्र गतिको कार मुम्बइको सडकपेटीमा उक्लिँदा एकजनाले ज्यान गुमाएको थियो । सो घटना भएको करिब १३ बर्षपछि सलमान निर्दोष रहेको अदालतले पुष्टी गरेको हो ।

Comments