अष्ट्रेलियाबाट भाग सानी भाग
screennepal
प्रकाशित: २०७२, २४ मंसिर बिहीबार
no img

काठमाडौं । बिदेशमा नेपाली चलचित्रहरुको प्रिमियर गर्ने चलनलाई चलचित्र भाग सानी भागले पनि निरन्तरता दिने भएको छ । यसलाई मध्येनजर गर्दै नेपालमा चैत्र पाच गते प्रर्दशन गरीने चलचित्र भाग सानी भागले अष्ट्रेलियाको बिभिन्न नौ शहरमा चलचित्रको प्रर्दशन घोषणा गरेको छ । चलचित्रले डार्बिन शहरबाट आगामी जनवरी २९ मा चलचित्रको पहिलो प्रर्दशन गर्न लागेको निर्माता बिष्णु चापागाईले बताएका छन ।

12316200_10207668833776353_4669786988369674158_n
चलचित्रलाई डार्बिन शहर पछि अन्य शहरहरुमाा पनि प्रर्दशन चॉजो पॉजो मिलाईसकेको निर्माता चापागाईले बताएका छन । चलचित्रलाई अष्ट्रेलियाको पर्थ शहरमा जनवरी ३१ मा क्यानबेरामा फ्रेवरी ५ मा सिडनीमा फ्रेबवरी ६ र ७ मा मेलबर्नमा फ्रेबवरी १३ र १४ मा एडिलेड शहरमा फ्रेबवरी १९ र ब्रिसबेनमा फ्रेबवरी २१ म प्रर्दशन गरीन लागेको निर्माता चापागाईले बताएका छन । नेपाली चलचित्र उधोगमा गुणस्तर सिनेमा निर्माण र बिश्वबजारीकरणलाई बिस्तार गर्ने उदेश्यले चलचित्र भाग सानी भाग बनाएको अष्ट्रेलिया निबासी गैर आबासिय नेपाली संघ एन आर एनका बिष्णु चापागाईले बताएका छन । चापागाईले संगीतकार चेतन सापकोटा बेल्जियम निबासी शहदेब गौतम र अमेरीका निबासी बिलोन पोख्ररेलसंग मिलेर भाग सानी भाग निर्माण गरेका हुन ।

अष्ट्रेलियाका बिभिन्न शहरहरुमा चलचित्रको प्रर्दशन गराई उठेको रकम मध्येबाट प्रतिटिकट ४ २ समाज सेबी दिक्षा चापागाई द्ववरा संचालित काठमान्डौको धापासीमा अबस्थीत पबित्र समाज सेवा नामक सामाजीक संस्था नेपाललाई सहयोग गर्ने समेत बताईएको छ । अष्ट्रेलिया लगतै चलचित्रलाई अमेरीका,क्यानडा,हंगकग,मलेसिया कतार,युके लण्डन,बेल्जियम,न्युजिल्याण,जापान,बहराईन,ईजराईल लगाएका देशहरुमा समेत प्रर्दशन गरीने बताईएको छ । चलचित्रलाई नवल नेपालले निर्देशन गरेका छन भने यो चलचित्रमा सबिन श्रेष्ठ,केकी अधिकारी लगाएतका कलाकारहरुले अभिनय गरेका छन ।

Comments