आर्यन–नम्रताको ‘क्लासिक’ लुक्स (अडियोसिहत)
screennepal
प्रकाशित: २०७२, २४ मंसिर बिहीबार
no img

काठमाडौं । माघ २९ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘क्लासिक’का सम्पुर्ण गीतको अडियो सार्वजनिक गरिएको छ । युटुबमा जुकबक्स मार्फत गीत बाहिर ल्याइएको हो । सांगीतिक प्रेम कथामा निर्माण भएको यो फिल्ममा ताराप्रकाश लिम्बुको संगीत छ । दिनेश राउतले निर्देशन गरेको फिल्मलाई सुवास गिरीले निर्माण गरेका हुन् । फिल्ममा समावेश ‘सुनौला’ बोलको गीतमा मेलिना राई र कोशिश क्षेत्रीको आवाज, दिनेश राउतको शब्द छ । यस्तै, ‘हारें हारें’ बोलको गीतमा यूवराज चौलागाइको स्वर, दिनेश राउतको शब्द छ । ‘यो के हो’ बोलको गीतमा कोशिश क्षेत्रीको स्वर, दयाराम पाण्डेको शब्द छ । ‘प्रकृतीको सुन्दर’ बोलको गीतमा मेलिना राइको आवाज र डाक्टर कृष्णहरी बरालको शब्द छ । यस्तै, सार्वजनिक जुक बक्समा ‘सुनौला’ बोलको गीतको अनप्लक्ड पनि समावेश छ ।

namrata-1
फिल्मका ४ वटा गीतले उचाइ लिनेमा संगीतकार ताराप्रकाश लिम्बु ढुक्क देखिएका छन् । फिल्मको कथा अनुसार आफूहरुले गीत तयार पारेको निर्माता सुवास गिरीले बताए । दिनेश राउतको निर्देशनमा तयार भएको फिल्ममा आर्यन सिग्देल र नम्रता श्रेष्ठको भिन्न लुक्स देखिएको छ । यी दुइले फिल्ममा आँखा नदेख्न पात्रको भूमिका निर्वाहा गरेका छन् ।

aaryan-in-classic
फिल्मका गीत सुवास गिरी इन्टरटेन्मेन्ट र आर्यन सिग्देल इन्टरनेन्मेन्ट संयुक्त रुपमा बनाएको यस अगाडिको फिल्म ‘नोभेम्बर रेन’को भन्दा उत्कृष्ट देखिएको छ । फिल्मका गीतबाट गायिका मेलिना राईले नयाँ सफलता चुम्न सक्ने विश्वास लिइएको छ । प्रेम दिवसलाई लक्षित गरेर प्रदर्शनमा आउन लागेको यो फिल्मका गीतलाई मायालु जोडी धेरै मन पराउने निर्देशक राउतको विश्वास छ । फिल्मको गीत जस्तो दृश्यलाई पनि आकर्षक बनाउन मिहिनेत गरेको कोरियोग्राफर रेनशा राइले बताइन् ।

Comments