रञ्जिताको मनभित्र पेन्डिङमा प्रेम प्रस्तावहरु !
screennepal
प्रकाशित: २०७२, २३ मंसिर बुधबार
no img

ताप्लेजुङ सिकैचाकी रञ्जिताले आफूलाई चार जनाले प्रेम प्रस्ताव राखेको बताइन् । तर, ति प्रेम प्रस्तावहरुलाई ‘पेन्डिङ’ मा राखेको उनले बताइन् । ‘प्रेम प्रस्तावहरुलाई मैले पेन्डिङमै राखेकी छु’ रञ्जिताले स्क्रीन नेपालसँग कुरा गर्दै भनिन्, ‘कुनै न कुनै दिन पेन्डिङमा बसेको प्रस्तावका झुन्डहरु फुट्न पनि सक्छ ।’ अहिलेसम्म ब्वायफ्रेन्ड नहुनुमा आफ्नो करिअर बाधक रहेको पनि उनले सुनाइन् । ‘मैले आफ्नो करिअर बनाउनुछ, यस्तो समयमा डेटिङ गर्दै हिड्नु पनि भएन’ उनले भनिन्, ‘यदि कला क्षेत्रमा करिअर बनाउने उद्देश्य मसँग नभएको भए सायद पहिल्यै विवाह गरिसकेको हुन्थे होला । तर, अहिले पनि मलाई प्रेम र विवाहभन्दा आफ्नो करिअरकै बढी चिन्ता छ ।’ 

-एमपी सुब्बा

काठमाडौं । मोडल तथा अभिनेत्री रञ्जिता लिम्बू विवाह अगाडिको ‘सेक्ससम्बन्ध’लाई सामान्य मान्छिन् । तर, मन मिल्नेचाहिँ हुनुपर्ने उनको भनाई छ । अहिलेसम्म आफूले चाहेको जस्तो अर्थात् मन मिल्ने केटा साथी नपाएको बताउँदै रञ्जिताले स्क्रीन नेपालसँग भनिन्, ‘मन मिल्ने केटासँग विवाह अगाडि पनि सेक्स सम्बन्ध राख्न तयार छु । तर, म जुन केटासित सेक्स गर्छु,उनैसँग विवाह पनि गर्छु ।’ मन मिल्ने केटा साथी नपाएकै कारण आहिलेसम्म सेक्सको अनुभव नभएको उनको कथन छ । ‘अहिलेसम्म ब्वायफ्रेन्ड नै बनाएको छैन’ हाल २५ वर्षमा हिडिरहेकी रञ्जिताले भनिन्, ‘ब्वायफ्रेन्ड नभएपछि कसरी सेक्सको अनुभव हुन्छ ? तर,यदि मन मिल्ने र मेरो भावना बुझ्ने केटा पाए भने सेक्ससम्बन्ध राख्न पनि तयार छु । तर, उनैसित विवाह पनि गर्छु । विवाहको कुरा नमिलेसम्म चाहिँ सम्बन्ध राख्दिनँ ।’

Ranjeeta Limbu (3)
मन मिल्ने केटा साथी नपाएकै कारण यो मंसिर टरेको समेत रञ्जिताले बताइन् । ‘यस वर्ष त अब जरेन नै, अर्को वर्ष पनि मेरो लगन जुर्ने छैन’ रञ्जिताले भनिन्, ‘दुई वर्षपछि चाहिँ पक्कै विवाह गर्नेछु ।’ ताप्लेजुङ सिकैचाकी रञ्जिताले आफूलाई चार जनाले प्रेम प्रस्ताव राखेको बताइन् । तर, ति प्रेम प्रस्तावहरुलाई ‘पेन्डिङ’ मा राखेको उनले बताइन् । ‘प्रेम प्रस्तावहरुलाई मैले पेन्डिङमै राखेकी छु’ रञ्जिताले स्क्रीन नेपालसँग कुरा गर्दै भनिन्, ‘कुनै न कुनै दिन पेन्डिङमा बसेको प्रस्तावका झुन्डहरु फुट्न पनि सक्छ ।’ अहिलेसम्म ब्वायफ्रेन्ड नहुनुमा आफ्नो करिअर बाधक रहेको पनि उनले सुनाइन् । ‘मैले आफ्नो करिअर बनाउनुछ, यस्तो समयमा डेटिङ गर्दै हिड्नु पनि भएन’ उनले भनिन्, ‘यदि कला क्षेत्रमा करिअर बनाउने उद्देश्य मसँग नभएको भए सायद पहिल्यै विवाह गरिसकेको हुन्थे होला । तर, अहिले पनि मलाई प्रेम र विवाहभन्दा आफ्नो करिअरकै बढी चिन्ता छ ।’ आफ्नो घरपरिवारबाट भने आफूलाई मन पर्ने केटा खोजेर बिहे गर्नु भन्ने सुझाव आउन थालेको रञ्जिताले बताइन् । उनले भनिन्, ‘घरबाट आमा,बाबाले त छोरी विवाह गर्ने बेला भयो, तिमीलाई मनपर्ने केटा खोजेर विवाह गर भन्छन् । तर, मलाई अझै दुई वर्ष कन्या नै बस्ने मन छ ।’

Ranjeeta Limbu (4)
करिब चार वर्षयता मोडलिङ र अभिनय क्षेत्रमा संघर्ष गरिरहेकी रञ्जिताले दुई दर्जनभन्दा बढी म्युजिक भिडियो र केही चलचित्रमा अभिनय गरिसकेकी छन् । उनले मोडलिङ गरेका अधिकांश गीतका भिडियोहरु श्रोता तथा दर्शकले पनि रुचाएका छन् । हालै मात्र उनले गायिका मनु लिम्बूको ‘घुटुमुटु घुटुमुट’ बोलको गीतको म्युजिक भिडियोमा मोडलिङ गरेकी छन् । जुन गीत र भिडियो यु–ट्युबमा लोकप्रिय बन्दै गएको छ । लिम्बू भाषाको चलचित्र ‘अम्लारी फुङ’का अलावा ‘सुट’, ‘मिसन खेलाडी’ जस्ता नेपाली चलचित्रमा अभिनय गरिसकेकी छन् । कला क्षेत्रमै केही गरेर देखाउँने अभिलाषासहित संघर्ष गरिरहेकी रञ्जिताले भनिन्, ‘सास भइञ्जेल म कला क्षेत्रमै रहने छु ।’ मोडलिङ क्षेत्रमा लागेर हङकङलगायतका मुलकुमा समेत आफ्नो प्रतिभा प्रस्तुत गरिसकेकी रञ्जिता हिजोआज पनि म्युजिक भिडियोमै व्यस्त छिन् । तर, उनको रुचि भने चलचित्रमा अभिनय गर्नु पनि हो । उनी भन्छिन्, ‘मैले चाहेजस्तो कथावस्तुका चलचित्र नपाएकाले अहिले म्युजिक भिडियोमै सिमित हुँदै आएकी छु ।’

Ranjeeta Limbu (1)

Comments