कलाकारले बाँडे न्यानो टेन्ट
screennepal
प्रकाशित: २०७२, २१ मंसिर सोमबार
no img

काठमाडौं– चिसो बढ्दै गइरहेको बेला कलाकारहरु न्यानो टेन्ट लिएर भुकम्प पीडित बस्ती पुगेका छन् । नायिका केकी अधिकारी र सेलो थिएटरका कलाकारहरु शनिबार काभ्रेको बालुवापाटी– ६ ढा“डागाउ“ पुगेर न्यानो टेन्ट बा“डेका हुन् । जाडो समय लक्ष्यित पारेर ओछ्यानमा जडान गर्न मिल्ने गरि बनाइएको टेन्ट पाएर पीडितहरु हर्षित देखिन्थे । ‘जाडो बढ्दैछ, भुकम्प पीडित बस्तीमा जस्ताको टहरा र स–साना छाप्रो बाहेक केही छैन, यस्तो अवस्थामा केटाकेटी र बुढापाकाहरुको हालत कस्तो हुन्छ होला ?’ भुकम्प लगत्तै काभ्रे र सिन्धुपाल्चोकका विभिन्न गाउ“मा झण्डै पा“च सय टहरा बनाउन अभियानमा समेत संलग्न भइसकेकी नायिका केकीले भनिन्, ‘मेरो बिचारमा अब सहयोगीहरुले चिसोबाट बचाउने सामग्रीतिर ध्यान पुर्याउनु पर्छ ।’

_MG_6988

नायिका केकीसंगै सेलो थिएटरका रंगकर्मीहरु शान्ति वाइवा, सन्तोष तामाङ, अविसन लामा, न्यानो टेन्ट उत्पादक नेको इन्टरनेश्नलका नेपाल प्रबन्धक अशोक थापा, कोरियन प्रबन्धक पार्क कि दोङ लगायतले सुत्केरी महिला, बालबच्चा र बुढाबुढी केन्द्रित गरेर टेन्ट बा“डेका हुन् । ५५ घर परिवारका लागि उनीहरुलाई नेको इन्टरनेश्नलले नेको प्लस न्यानो टेन्ट उपलब्ध गराएको थियो । थुप्रै अन्तराष्ट्रिय फेस्टिवलहरुमा अवार्ड पाइसकेको ‘द कोरियन ड्रिम्ज’ लगायतका डकुमेन्ट्री समेत बनाएका  अशोकले कार्यक्रममा न्यानो टेन्टको प्रयोग सम्बन्धी प्रदर्शन समेत गरेका थिए ।

_MG_7045

ओछ्यानमै लाउन मिल्ने कोरियन प्रविधिको टेन्टमा बाहिर जतिसुकै डिग्रीको चिसो भएपनि भित्र २५ डिग्रीको न्यानोपन हुने भएकाले चिसोका कारण हुने विभिन्न रोगहरुबाट पनि बच्च सकिने बताए । पार्क कि दोङले भुकम्प र चिसोलाई नै मध्यनजर गरि नेपालमा पनि टेन्टको उत्पादन थालिएको र आफूहरु छिट्टै अन्य भुकम्प प्रभावित बस्तीमा पनि पुग्ने बताए । ‘सरकारले पनि न्यानो कपडा किन्न दश हजार रुपिया“ सहयोग घोषणा गरिसकेको छ’ रंगकर्मी वाइवाले भनिन्, ‘यस्तो बेला भुकम्प पीडित बस्तीलाई यस्तै सहयोगी हातहरुको खा“चो छ ।’

Comments