अन्तराष्टिय लोकसंगीत फिल्म महोत्सव : माली र इरानको चलचित्र उत्कृष्ट
screennepal
प्रकाशित: २०७२, १४ मंसिर सोमबार
no img

 काठमाडौं । पाँचौं अन्तराष्टिय लोक संगीत फिल्म महोत्सबमा लामो चलचित्रतर्फ मालीको फिल्म ‘आई विल सिङ फर यु’ र इरानको बृत्तचित्र ‘नो ल्याण्ड्स सङ’ फिल्मले उत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । बिहिबारबाट सुरु भएको यो महोत्सब शनिबार अबेरसाँझ अवार्ड प्रदान समारोहसँगै समापन भएको हो । साँस्कृतिक संस्थान नाचघरमा तीनदिनसम्म चलेको यो महोत्सबमा ३२ देशका तीन दर्जन लामा छोटा चलचित्र प्रदर्शन गरिएको थियो । ज्याक्वेस सारासिन निर्देशित फिल्म ‘आई विल सिङ फर यु’मा माली बासीले आफुहरुलाई मुसलमान बनाईएको पछि लोप भएको प्राकृतिक धर्म र सँगीतलाई अनुसन्धान गरेर त्यसको पुन उत्थान गरिएको कथामा आधारित थियो । यस्तै अयात नाजाफी निर्देशित ‘नो ल्याण्ड्स सङ’ मुस्लिम धर्मकै कारण महिलालाई सार्वजनिक स्थानमा गीत गाउन बन्द गरिएपछि इरानका मुस्लिम युवतीहरुले फ्रान्समा गरेको आफ्नो लोकसँगीतको कन्सर्टमा आधारित थियो । लामो चलचित्र तर्फ मोजाम्बियाको गाउँ गाउँमा गएर लोक गीत खोजी र सँरक्षण गरेको मोजाम्बियाको चलचित्र ‘माराबेन्टान्डो’ले सान्त्वना अवार्ड पाएको छ ।

best long lenth film award finner -no-lands-song_0

यस्तै लघू चलचित्र तर्फ सर्वोत्कृष्ट चलचित्रको अवार्ड ‘बोया बोया’ले पाएको छ । सिरियाको युद्धमा आफ्ना पिताको मुत्यु भएपछि परिवारसँग जोर्ड पुगेर शरणार्थी बनेर सिरियाको लोक गीत गाउँदै जुत्ता पालिस गरेर जिविकोपार्जन गरेको एब बालकसँग यो चलचित्र केन्द्रित थियो । जसको निर्देशन करेन बोसवालले गरेका हुन् । लघु तर्फ सान्त्वना चलचित्रको अवार्ड विलियम लौरा निर्देशित नेपाली बृत्तचित्र ‘वी आर हेयर टु इन्करेज’ले हाँसिल ग¥यो । किर्तीपुरको नयन व्याण्डका कलाकारले उदयपुरको तीनतले गाउँमा पुगेर सँरक्षणसँगै प्रस्तुत गरेको लोक गायनमा यो बृत्तचित्र केन्द्रित थियो । यस्तै यही बिधामा अर्को सान्त्वना अवार्ड मँगोलियाको बृत्तचित्र ‘सेरेन्दाभा मँगोल खुमी फ्रोम ह्याभेन्स् वील’ले प्राप्त ग-यो ।
यस पटक स्टुडेन्स फिल्म अवार्ड नेपाली बृत्तचित्र ‘द फर्गेटेन थारु इन्स्टुमेन्ट’ले जित्यो । दाङका थारुको लोप हुन लागेको बाजामाथि अनुसन्धान गरेर यो बृत्तचित्र तयार गरिएको थियो । यस्तै सँरक्षण अवार्ड चिलीको चलचित्र ‘कर्न अफ द स्टल्क’लाई, स्पशेल मेरिट अवार्ड अमेरिकाको ‘फ्रि शो टु नाईट’ र एडियन्स अवार्ड पेरोका फिल्म ‘ट्राभल टु सङ’ले हाँसिल ग-यो । यस्तै सर्वोत्कृष्ट छायाँकारको पुरस्कार न्युजिल्याण्डको फिल्म ‘भ्वाईसेज अफ द ल्याण्ड’बाट छायाँकारद्धय अलुम बोलिन्जर र लुके फ्रेटरले हाँसिल गरे ।

यस्तै आजिबन सँगीतमा योगदान पु¥याएका बलम्बुका ८८ वर्षीय सँगीतकार भीम बहादुर नकर्मीलाई प्रदान गरियो । समापन समारोहमा सम्बन्धित अवार्ड बिजेतालाई सह आयोजक सँस्था सँस्कृतिक सँस्थानका महाप्रबन्धक राजेश थापा, चलचित्र निर्माता संघका महासचिब केशब भट्टराई, कलाकार निर्मल शर्मा, डा. प्रा. जयराज पन्तले अवार्ड प्रदान गरेका थिए । नाकाबन्दी लगायत विभिन्न समस्याको बीच पनि महोत्सब सोचे भन्दा निकै राम्रसँग सम्पन्न भएको महोत्सब सँयोजक तथा सँस्थानका महाप्रबन्धक राजेश थापाले बताए । महोत्सब आयोजक सँस्था नेपाल लोकबाजा सँग्रहालयका अध्यक्ष रामप्रसाद कँडेलले महोत्सबको बारेमा कार्यक्रममा प्रकाश पारेका थिए ।

Comments