पाईरेसीविरुद्ध प्रहरीमा किटानी जाहेरी, माउण्टेनमा प्रहरीको छापा
screennepal
प्रकाशित: २०७२, १४ मंसिर सोमबार
no img

काठमाडौं । केहिदिन पहिले फिल्म ‘झोला’ को पाईरेसीसँगै अनाधिकृत रुपमा यु–ट्युवमा हालिएपछि निर्माण टिमले शंकास्पद माउण्टेन रिभर फिल्मस् प्रालिका प्रमुख चन्द्रकान्त झाको नाममा महानगरिय प्रहरी परिसर हनुमानढोकामा किटानी जाहेरी दर्ता गराएको छ । उक्त कम्पनीलाई विदेश प्रदर्शन तथा प्रचारका लागि दिइएको फाईल यु–ट्युवमा आएपछि उसको अनाधिकृत काम विरुद्ध प्रहरीमा उजुरी दर्ता गराएको ‘झोला’ टिमले जनाएको छ । आइतबार प्रहरीले आवश्यक छानविनका लागि झालाई नियन्त्रणमा लिने प्रयास गरेपनि उनी भारतको नयाँदिल्लीमा रहेकोले कब्जामा लिन सकेन् भने उक्त कम्पनीकै अफिसबाट पाइरेसी भएको र त्यहाँकै कम्प्युटरबाट यु–ट्युवमा अपलोड भएको ठहर गर्दै प्रहरीले कालिकास्थानमा रहेको माउण्टेन रिभर फिल्मस् प्रालिको अफिसको सबै सामान नियन्त्रणमा लिएको छ । ‘झोला’ निर्देशक यादवकुमार भट्टराईले प्रतिलिपी अधिकार हनन मुद्धा अन्तर्गत उक्त कम्पनी र झालाई विपक्षी बनाई उजुरी दर्ता गराएका हुन् । उजुरीसँगै ५ करोडको क्षतिपुर्तिसमेत माग गरिएको छ ।

jhola pairesi

पहिलो प्रदर्शनमा हिट बनेको यो फिल्मको आगामी माघ महिनामा पुनः प्रदर्शनको तयारीमा निर्माण टिम लागेको थियो । त्यस्तै भारतिय च्यानलमा फिल्म प्रशारणको लागी मुम्बईस्थित सेन्सर बोर्डमा प्रक्रिया अघी बढ्दै गरको तथा अमेरिका, युके, बर्मा लगायतका विभिन्न देशमा प्रदर्शनको लागी सम्झौता हुँदैगर्दा पाईरेसी भएपछि यो प्रकारको कामलाई जघन्य अपराध ठहर गर्दै यसविरुद्ध एक्शन लिईएको निर्देशक भट्टराईले बताए । हामीले विदेश प्रदर्शनको चाँजोपाँजो मिलाउने दुई पक्षिय सहमतिअनुसार जुन फाईल उनलाई उपलब्ध गराएका थियौं, सोही फाईल नै युट्युवमा आयो, जहाँ माउण्टेन रिभरको लोगो समेत समावेश छ’ यो अपराध सो कम्पनि बाहेक अन्य कसले गर्नसक्छ ?’ भट्टराईले प्रतिप्रश्न गरे । नेपाली समाजको ईज्जत र संस्कृतिलाई सिध्याउने र यो प्रकारको फिल्म भविष्यमा नबनुन भन्ने षड्यन्त्र स्वरुप योजनाबद्ध रुपमा यो काम गरिएको उनको आरोप छ । भारतिय मुलका व्याक्ति झाले नेपाली फिल्मलाई अन्तर्रा्ष्ट्रियकरण गर्ने बहानामा यो प्रकारको ठगी धन्दा गर्दै आएको र यसको शिकार धेरै निर्माता निर्देशक समेत रहेको निर्देशक भट्टराईले दाबी गरेका छन् ।

योसँगै प्रहरीले छानविनलाई तिब्रता दिईसकेको छ । बिना अनुमति कसैको सृजनालाई सामाजिक सञ्जालमा अपलोड भएपछि त्यसविरुद्धको कारवाही शसक्त रुपमा अघी बढाईएको महानगरिय प्रहरी परिसर हनुमानढोकाका डिएसपी दिनेश आचार्यले बताए । उनका अनुसार दोषी आरोपित झा नेपाल आईसकेपछि यो प्रक्रिया अदालतमा पुग्नेछ र त्यसपछी अदालतले नै यो मुद्धाको फैसला गर्नेछ ।

फिल्म पहिलोपटक युट्युवमा आएसँगै अन्य च्यानलहरुले समेत डाउनलोड गर्दै अपलोड गरेपछि ४० बढी च्यानलबाट युट्युवमा आएको थियो । सय बर्ष पुरानो नेपाली समाजको यथार्थता सतिप्रथाको विषयमा बनेको यो फिल्मले रिलिजको क्रममा दर्शकको राम्रो साथ पाएको थियो । फिल्म पहिलो प्रदर्शनीमा हेर्न नपाएको धेरै दर्शकको गुनासोपछि पुनः रिलिजको लागी निर्माण टिम जुटिरहेको अबस्थामा यो घटना उत्पन्न भएको हो । नेपाली समाजको ईतिहास बोकेको यो फिल्मलाई कहिल्यै पनि भिसीडी र युट्युवमा नल्याउने कुरा निर्माण टिमले यसअघी भन्दै आएको थियो ।

Comments