रेखाविरुद्ध खोटाङ प्रहरीमा उजुरी !
screennepal
प्रकाशित: २०७२, १० मंसिर बिहीबार
no img

काठमाडौं । अभिनेत्री रेखा थापालाई ‘ठगी’ प्रकरणमा उजुरी परेको छ । १ लाख रुपैयाँ लिएर कार्यक्रममा नगएको भन्दै रेखाविरुद्ध खोटाङ जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको हो । खोटाङ प्रहरी प्रमुख विद्यानन्द माझीका अनुसार सगरमाथा जनसेवा समाजले आयोजना गर्ने कार्यक्रममा आउनका लागि रेखालाई करिब दुई महिनाअघि नै खबर गरिएको थियो । त्यसअनुरुप सिद्धार्थ बैंकमा १ लाख रुपैयाँ रेखाको खातामा जम्मा गरिएको समेत बताइएको छ । तर, रेखा खोटाङ नगएपछि ठगी गरेको भन्दै उजुरी परेको हो । तर, रेखा थापाको भनाईमा उनलाई प्रकाश पुरी भन्ने व्यक्तिले फसाएका हुन् ।

REKHA THAPA BEAUTY

उनले कार्यक्रममा जाने सम्झौता नै नभएको समेत एक अनलाइनसँग बताएकी छन् । सेतोपाटीसँग रेखाले कुरा गर्दै भनेकी छन्, ‘मैले सम्झौता गरौंभन्दा दिदी पहिले बैंकको खाता नम्बर दिनुस् अनि सम्झौता गर्न मान्छे पठाइदिउँला भन्यो । पछि पैसा हालिदिएको रहेछ । मलाई थाहा थिएन । सबिर श्रेष्ठ दाइले भनेपछि मात्र थाहा भयो । उसलाई म आउँदिन भन्ने थाहा थियो । कार्यक्रमको एक दिनअघि उसले मलाई फोन गर्दा भाइ म आउन सक्दिनँ, तिमी दिक्क लगाउने मान्छे रहेछौ । अब मलाई दिक्क नबनाउन भनेँ ।’

Comments