चित्त बुझाए दिल खोलेर दिन्छु : एन्टोना (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७२, १० मंसिर बिहीबार
no img

काठमाडौं । एन्टोना शेर्पाले कला क्षेत्रमा भोजपुरी चलचित्र ‘किस्मत’बाट आफूलाई उपस्थित गराएकी हुन् । यी मोडल तथा अभिनेत्री नेपाली कला क्षेत्रमा आफ्नो करियर बनाउँन चाहन्छिन् । मोडलिङ र म्युजिक भिडियोहरुमा देखिँदै आएकी उनको लक्ष्य भने चलचित्र क्षेत्रमै हो । नृत्य र अभिनयमा आफू पोख्त भएको दाबी गर्ने एन्टोनाले जस्तोसुकै दृश्यमा पनि अभिनय गर्न सक्ने बताइन् । उनी भन्छिन् ‘अहिले पनि विभिन्न चलचित्रबाट आईटम डान्सका साथै अभिनयका लागि पनि अफर आइरहेको छ । तर, कथावस्तु हरेरमात्र अभिनय गर्ने निर्णय गरेकी छु ।’ कथावस्तु हेरेर आफुलाई चित बुझेमात्र त्यसलाई स्वीकार्ने उनको भनाइ छ । ‘मलाई चित्त बुझे जस्तो पनि सिन दिन सक्छु’ उनलेृ भनिन् । झट्ट हेर्दा विदेशी जस्तो देखिने ५ फिट ८ इञ्चकी इन्टोनाको अर्को पाटो भनेको समाजसेवा हो । सानैदेखि समाजसेवाप्रति आफ्नो इच्छा भएको उनले सुनाइन् ।

antona-1

antona

antona-2

Comments