अब पुष्करको नेतृत्वमा नेफ्टा
screennepal
प्रकाशित: २०७२, १० मंसिर बिहीबार
no img

काठमाडौं । नेपाल चलचित्र प्राविधिक संघमा पुष्कर लामाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । वुधबार राती सम्पन्न चुनावी अधिवेशनबाट २ बर्षे कार्यकालका लागि पुष्कर अध्यक्षमा विजयी भएका हुन् । उनले १ सय ६० मत प्राप्त गरेका थिए । उनका प्रत्यासी अनन्त तिमिल्सिनाले १ सय २१ मत प्राप्त गरेका थिए । अध्यक्षमा निर्वाचित भएपछि पुष्करले प्राविधिकको हकहितका लागि काम गर्ने बताए ।

puskar
पुष्कर अघिल्लो कार्यसमितिमा उपाध्यक्ष थिए भने अनन्त महासचिव । अध्यक्ष पदका लागि राजु केसीले पनि उम्मेदवारी दिएका थिए । प्राविधिक संघको नयाँ नेतृत्वले बुधबार नै सपथ ग्रहण गरेको छ । नयाँ नेतृत्वको उपाध्यक्ष पदमा अरुण रेग्मी र गणेश सापकोटा, महासचिवमा सुरज आचार्य, कोषाध्यक्षमा गीता पौडेल, सचिवमा शंकर पाण्डे विजयी भएका छन् । यस्तै, सदस्यमा श्याम बहादुर तामाङ, विनोद लामा, देवीप्रसाद दाहाल, शोभा श्रेष्ठ, दुर्गा प्रसाद पौडेल, संगीता लामा, योगेश्वर पौडेल, दिनेशकुमार राई, सालिकराम दुलाल, रविन आचार्य, दिलीप पन्त विजयी भएका छन् ।

ppp

Comments