फन्को मार्दै बेल्जियममा ‘फन्को’
screennepal
प्रकाशित: २०७२, ९ मंसिर बुधबार
no img

काठमाडौं । नेपालमा माघ १ मा रिलिज हुने भनिएको चलचित्र फन्कोले युरोपको बेल्जियम शहरबाट रेडकार्पेटसहित प्रिमियर गरेको छ । चलचित्रले गत सोमबार २३ नोभेम्बरमा बेल्जियमको सिनेमाहल जेड लुभेन बाट प्रर्दशन गरेकोे हो । रेडकार्पेटमा नेपालको संबिधान सभा सांसद महालक्ष्मी डिना उपाध्याया, गैर आवासिय नेपाली संघका केन्द्रीय सचिव अर्जुन श्रेष्ठ, गैरआवासिय नेपाली संघ बेल्जियम अध्यक्ष गंगाधर गौतम बेल्जियमका बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुले चलचित्रलाई सुभकामन दिएका थिए । सुरुमा एक शोमात्र गर्नेे भनिए पनि दर्शकको अत्याधिक चापले गर्र्दा शो थपिएको निर्माता शहदेब गौतमले बताए ।

fanko (1)
दोश्रो शोमा पनि दर्शकको चाप बढेपछि फन्कोलाई आगामी २९ तारिखका दिनमा अर्को दुई शो गरिन लागेको प्रस्तुतकर्ता पदम गुरुङले बताए । चलचित्र फन्को हेर्ने बेल्जियमका एन.आर.एन.ए दर्शकले चलचित्र उत्कृष्ठ बनेको प्रतिक्रिया दिएका छन् । चलचित्रले आमनेपाली युवायुवतीको मोटो रकम कमाउने मोहको कथा बोलेको र चलचित्रको प्रस्तुतीले अत्यन्तै मन छोएको दर्शकबाट प्रतिक्रिया छ । चलचित्र हेरेर दयाहाङ राई, सौगात मल्ल, प्रिंयका कार्की, केकी अधिकारी, अनुप बरालको प्रशंसा तारिफयोग्य भएको बताइएको छ । पहिलो शो पछि बढेको माउथ पब्लीसिटीले चलचित्रलाई अन्य शोहरु का लागी माग भैरहेको निर्माता गौतमले बताए । बेल्जियममा एउटै सिनेमालाई एकै ठाउमा हाउसफुलका साथ यति धेरै शो गरीएको यो पहिलो चलचित्र हो । चलचित्र थ्रिर्लर सस्पेन्स रहेकाले खुबै चासोका रुपमा दर्शकहरुले हेरेका थिए । फरक खाले प्रस्तुतीलाई दर्शकहरुले मन पराएकाले अब बेल्जियममा शो थप हुने प्रस्तुतकर्ता गुरु¨ले बताए । शुरुमा दुई शो मात्र गर्ने भनिए पनि दर्शकहरुको चाप र मागले गर्दा पुन्ह शो थप गरेको उनले बताए ।

fanko (1)
चलचित्र हेरीसकेपछिा दर्शकहरुले खुलेर चलचित्रको तारिफ समेत गरेका थिए । सुवर्ण थापाले निर्देशन गरेको फन्को, नेपाली मनको चलचित्र रहेको दर्शकहरुको प्रतिकृया छ । नेपालमा यो चलचित्र आगामी माघ एक गते रिलिज हुदैछ । मल्टिस्टार कलाकारहरु सौगात मल्ल, दयाहा¨ राई, अनुप बराल, प्रियंका कार्की, केकी अधिकारीलगायतका कलाकारले अभिनय गरेको यो चलचित्रमा कमेडी, सस्पेन्स, हास्यसँगै सामाजिक कथालाई उठान गरीएको छ । सौगात मल्ल नेताको डा«ईभरको भुमिकामा देखिदै छन् भने केकी ड्राईभरको श्रीमतीको भुमिकामा देखिँदैछिन । यो चलचित्रमा नायिका प्रियंका कार्की र दयाहाङ अलि फरक भुमिकामा देखिएका छन् । प्रियंका दयाको पार्टनर साईड भुमिकामा छिन । चलचित्रमा दया र प्रियकाको पार्टनर कस्तो कार्यमा रहेको छ नखुलाईए पनि पैसाको लागी महादेबको तिन नेत्र भने जस्तै पैसाको पछाडी दगुर्नेे आम युवा युवतीको फन्कोको कथन रहेको निर्देशक थापाले बताएका छन । पदम गुरु¨को प्रस्तुतीमा नरेन्द्र महर्जन र शहदेब गौतमको लगानीे चलचित्र रहेको छ ।
दुई गित समाबेश रहेको यो चलचित्रमा चेतन सापकोटाको संगितमा गायिका ईन्दिरा जोशी स्वंमले म त लोकल ब्युटी बोलको गितमा नृत्य समेत गरेकी छिन । एक साता अघि यु टयुबमा राखिएको यो गितलाई पचहत्तर हजार भन्दा बढी दर्शक श्रोताहरुले हेरीसकेका छन । चलचित्र राम्रो बनेकाले दर्शकहरुले मनपराउनेमा निर्माता महर्जन ढुक्क छन् । चलचित्रलाई युरोपको बेल्जियमका बिभिन्न स्थानमा शोपश्चात फिल्याण्ड, डेनमार्क, अस्ट्रिया, ईटली, स्पेन, पोर्चुगल, फ्रान्सलगायतका देशहरु र अमेरिका अस्ट्रेलिया देशमा पनि प्रर्दशन गर्ने बताइएको छ ।

Comments