भृकुटी मण्डपमा साहित्यिक मेला सुरु
screennepal
प्रकाशित: २०७२, ७ मंसिर सोमबार
no img

काठमाडौं । सोमबारबाट राजधानीको भृकुटी मण्डप प्रांगणमा बृहत पुस्तकप्रदर्शनी २०७२ सुरु भएको छ । १७ मंसिरसम्म चल्ने यो प्रदर्शनीमा मुलुकका नामचलेका अधिकाँश साहित्यिक प्रकाशनहरु सहभागी छन् । आयोजक संस्था रिड एण्ड ग्रो रिचका अनुसार ‘पढौं र पुस्तक संस्कृतिको विकास गरौ’ भन्ने हेतुले साहित्यक प्रदर्शनी गरिएको हो । साथै, भाषा साहित्यको प्रवद्र्धन, विकास एवं पुस्तक संस्कृतिको विकासका लागि प्रर्दशनीले अहम् र अग्रगामी भूमिका निर्वाह गर्ने आयोजकको दावी छ । पुस्तकप्रदर्शनअन्तर्गत विभिन्न स्वदेशी तथा विदेशी गरी एक सयभन्दा बढी प्रकाशन संस्थाका विविध विषयका ५ हजारभन्दा बढी शिर्षकका पुस्तकहरुको प्रदर्शन एवं १५ देखि ५० प्रतिशतसम्मको आकर्षक छुटमा बिक्री वितरणको व्यवस्थागरिएको संयोजक पुण्यप्रसाद प्रसाईले बताए ।

book

File Photo

प्रदर्शनी नयाँ, पुराना, चर्चित र दुर्लभ सबै किसिमका पुस्तकहरुको आकर्षक संगम स्थल हुनेछ । रिड एण्ड ग्रो रिचले आयोजना गरेको यस प्रदर्शनीमा नेपाली भाषाका पुस्तकका साथै अंग्रेजीका नयाँ तथा पुराना पुस्तकहरु विशेष छुटमा उपलब्ध हुने पनि उनले जानकारी गराए । प्रदर्शनीको उदेश्य हरेक नेपालीमा पुस्तक संस्कृतिको विकास र विस्तार गर्न पहल गर्ने, पठन पाठनलाई व्यावसायको रुपमा विकास गर्ने, विविध विषयमा नयाँ तथा पुराना दुर्लभ पुस्तकहरु, विभिन्न उमेर समूहका पाठकका लागि पुस्तक, स्वदेशी तथा विदेशी प्रकाशनका चर्चित र लोकप्रिय पुस्तक उपलब्ध गराउनु रहेको पनि उनले बताए ।

Comments