नेपाल आफ्नो आन्तरिक सम्बन्धलाई बाहिरी संलग्नताबिनै व्यवस्थापन गर्न सक्षम छ : भारतीय कलाकार
screennepal
प्रकाशित: २०७२, ६ मंसिर आईतवार
no img

काठमाडौं । भारतीय कलाकारले सुरुका दिनमा आफ्ना प्रधानमन्त्री नरेन्द्र मोदीको मिठो भाषणमा जोडतोडका साथ दिएका थिए । तर, दिनबित्दै जाँदा तिनै कलाकारले प्रम मोदीको आलोचना गर्न थालेका छन् । यसको पछिल्लो उदारहण बनेको छ, नेपालप्रतिको नाकाबन्दी । भारतीय कलाकारले नाकाबन्दीका कारण नेपालले भोगिरहेको समस्याप्रति चिन्ता गर्दै आफ्नो सरकारको आलोचना गरेका छन् । बिहीबारदेखि ललितपुरको पाटनढोकास्थित यलमाया केन्द्रमा जारी ‘फिल्म साउथ एसिया’मा सहभागी भारतीय फिल्मकर्मीले नेपालले भोगिरहेको नाकाबन्दीप्रति नेपालका जनतामा ऐक्यबद्धता समेत जनाएका छन् ।

south

फेस्टिवल उद्घाटनमा सहभागी कलाकार

फिल्मकर्मीले वैशाख महिनामा नेपालले भोगेको महाभूकम्पको समेत संस्मरण गर्दै ‘भारतीय नागरिक हुनुकै नाताले हामी भारतीय सरकारसँगै विश्व समुदायलाई नै समस्याको तत्काल समाधानका लागि कदम चाल्न आग्रह गर्छौं’ भनेका छन् । उनीहरुले नेपालको समस्या राजनैतिक प्रकृतिको रहेको टिप्पणी गर्दै यसको समाधान आन्तरिक रूपमै समाधान गर्न नेपाल सरकारलाई अनुरोध गरेका छन् । अशान्त तराईको मुद्दालाई स्मरण गर्दै विज्ञप्तिमा भनिएको छ, ‘हामीलाई विश्वास छ, नेपाल आफ्नो आन्तरिक सम्बन्धलाई बाहिरी तत्वको कुनै संलग्नताबिनै व्यवस्थापन गर्न सक्षम छ ।’

‘भारतद्वारा गरिएको आर्थिक नाकाबन्दीका कारण यतिबेला नेपालले भोगिरहेको मानवीय संकटको विरोधमा हाम्रो ऐक्यबद्धता छ’ फेस्टिभलमा सहभागी १० फिल्मकर्मीले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘भारतीय सरकारको नाकाबन्दी यतिबेला दोस्रो महिना पुगिसकेको छ, जसले गर्दा यहाँको (नेपाल) अर्थतन्त्र नाजुक अवस्थामा पुगेको छ । काठमाडौंमा हामीले जनताको दैनिक जीवन नै प्रभावित भएको देख्यौं । अस्पतालमा औषधि र अन्य चिजको अभावका कारण सञ्चालनमा समस्या आएकोप्रति पनि जानकार भयौं र लाखौं विद्यार्थी स्कुल जानबाट वञ्चित भइरहेका छन् । समस्या विकराल बन्दै गइरहेको छ ।’ फिल्मकर्मीले वैशाख महिनामा नेपालले भोगेको महाभूकम्पको समेत संस्मरण गर्दै ‘भारतीय नागरिक हुनुकै नाताले हामी भारतीय सरकारसँगै विश्व समुदायलाई नै समस्याको तत्काल समाधानका लागि कदम चाल्न आग्रह गर्छौं’ भनेका छन् । उनीहरुले नेपालको समस्या राजनैतिक प्रकृतिको रहेको टिप्पणी गर्दै यसको समाधान आन्तरिक रूपमै समाधान गर्न नेपाल सरकारलाई अनुरोध गरेका छन् । अशान्त तराईको मुद्दालाई स्मरण गर्दै विज्ञप्तिमा भनिएको छ, ‘हामीलाई विश्वास छ, नेपाल आफ्नो आन्तरिक सम्बन्धलाई बाहिरी तत्वको कुनै संलग्नताबिनै व्यवस्थापन गर्न सक्षम छ ।’
फेस्टिवलमा सहभागी फिल्मकर्मीहरू दीप्ति मुरली, हेमन्त गाबा, इफात फतिमा, नकुलसिंह साहनी, प्रतिक शेखर, सञ्जय काक, सुभ्रा दीक्षित, श्वेता घोष, स्मिता वान्नियार, वैभव सोर्तेलगायतले जारी गरेको विज्ञप्तिमा भारत सरकारलाई नाकाबन्दी तत्काल हटाउन माग गरिएको छ । ‘विश्व समुदायलाई पनि अत्यावश्यक सामग्रीसहित नेपाल र यहाँका जनताको राहतका लागि उपलब्ध गराउन अपिल गर्छौ,’ महोत्सवमा सहभागी भारतीय फिल्मकर्मीले भनेका छन् । दक्षिण एसियाली फिल्महरूको प्रदर्शनी रहेको महोत्सवमा फिल्मसहित उपस्थित ती भारतीय फिल्मकर्मीले नेपालले भोगिरहेको नाकाबन्दीप्रति भारतीय रबैयाको खुलेर विरोध गरेका छन् ।

Comments