संगीतकार देवलाल छामो अर्थात् सौता बनाउँदै !
screennepal
प्रकाशित: २०७२, २ मंसिर बुधबार
no img

काठमाडौं । नेपाली चलचित्रसँगै विभिन्न भाषाभाषिका चलचित्र बन्ने क्रम बढिरहेका बेला तामाङ भाषामा ‘छामो’ नामक चलचित्र बन्ने भएको छ । सेलो गायक तथा संगीतकार देवलाल मोक्तानले मजदुर फिल्मको व्यानरमा यो चलचित्र बनाउन लागेका हुन् । हालै काठमाडौमा एक कार्यक्रमबिच ‘छामो’ निर्माण गर्ने घोषणा गरिएको हो । ‘छामो’ को अर्थ नेपालीमा सौता भन्ने हुन्छ । पारिवारिक विषयवस्तुमा आधारित यस चलचित्रलाई बाबु थिङले निर्देशन गर्ने भएका छन् । तामाङ फिल्मका पुराना कलाकार मानिने बाबुले तामाङ भाषाकै रानी निर्देशन गरेका थिए । यस चलचित्रमा छिरिन लामा नायकका रुपमा आउने भएका छन् ।

chadani

मिस एन्जल भई सकेकी मोडल पुर्णिमा तामाङ, सोनिया थिङ, चाँदनी मोक्तान ‘तामाङ’, विमल लामा, सन्तोस लामा, देवलाल मोक्तान, सुरेन्द्र तामाङ, सरला ब्लोनलगायत बालकलाकार जयमान मोक्तानको अभिनय रहने छ । सोनिया थिङले यसअघि नेपाली चलचित्र ‘अग्नीपथ’ मा कलाकारका रुपमा प्रस्तुत भइसकेकी छन् । यस चलचित्रलाई अभिषेक माझीले छायांकन गर्ने भएका छने भने अमृत लामा र शेखर श्रेष्ठले संगीत रहने भएको छ । त्यस्तै, भीम घिसिङको नृत्य निर्देशन रहने चलचित्रमा जनक गुरुङले द्धन्द निर्देशन गर्ने भएका छने । चलचित्रमा शशिकला मोक्तान र देवलालमोक्तानको स्वर सुन्न सकिने छ । यसै हप्ताबाट चलचित्र फ्लोरमा जाने बताइएको छ । निर्माणपक्षका अनुसार चलचित्रको छायांकन काठमाडौ, मकवानपुर र त्यसउ आसपास हुने छ ।

devlal moKtang

Comments