दुई ढुंगामा सागरको पाइला !
screennepal
प्रकाशित: २०७२, २९ कार्तिक आईतवार
no img

काठमाडौं । कलाकािरतामा लाग्नेहरु प्रायः एकै विधामा संलग्न हुने गरेको पाइन्छ । तर, पोखराका एनजे सागर ठकुरी भने दुई ढुंगामा पाइला भनेजस्तै गायन र अभिनयमा एकसाथ अघि बढिरहेका छन् । त्यसो त उनी देश विदेशमा हुने सांस्कृतिक कार्यक्रमहरुमा पनि उत्तिकै सहभागी हुँदै आएका छन् । सात वटा गीति एल्वम श्रोतामाझ ल्याइसकेका एनजे आफैमा राम्रा संगीतकार पनि हुन् । उनले मालती, गुञ्जन, खै कस्तो यो प्रेम, गुन्युचोली, पाटनर, देउतालगायतका चलचित्रमा नायकको रुपमा अभिनय गरिसकेका छन् ।

sagar4
गायक तथा नायकको उपमा पाएका ठकुरी पछिल्लो समयमा विदेशी प्रोगामहरुमा बढी व्यस्त हुन थालेका छन् । मोफसलमा रहेर पनि कलासंस्कृतिको क्षेत्रमा निरन्तर संघर्ष गर्नु र यसैलाई जिविकोपार्जनको माध्यम बनाउनु हाम्रो जस्तो देशमा कति कठिन छ । कलाकारिताका साथै उनले व्यवसाय पनि सुरु गरेका छन् । चलचित्र निर्माणका लागि प्रयोग हुने फोके क्यामरासहित इकुमेन्स कम्पनी उनले सञ्चालनमा ल्याएका छन् । ‘दुखले यो अवस्यामा आइपुगेको छु’ उनी भन्छन्, ‘कुनै पनि हालतमा आफुले कमाएको प्रतिष्ठा गुमाउन चाहन्न ।’

sagar

Comments