डिसेम्बरमा युकेमा बग्दै ‘काबेली’
screennepal
प्रकाशित: २०७२, २३ कार्तिक सोमबार
no img

काठमाडौं । ताप्लेजुङ र पाँचथर जिल्लाको बीचमा बग्ने काबेली नदीको आसपासमा रहेको ग्रामिण समाज र संस्कृतिलाई समेटेर बनेको नेपाली चलचित्र ‘काबेली’ आगामी डिसेम्बरमा युकेमा प्रिमियर शो हुने भएको छ । फिल्मका सल्लाहकार तथा अन्तर्राष्ट्रिय व्यवस्थापक बिजयबिक्रम लिम्बु लिङ्देनका अनुसार चलचित्र प्रिमियर हुने निश्चित भएको छ । एनआरएन युकेका महासचिवसमेत रहेका लिङ्देन भर्खरैमात्र नेपालमा सम्पन्न भएकोे एनआरएन सम्मेलनमा सहभागी हुन नेपाल आएका थिए ।

lingden
चलचित्रमा ज्यासङ लिङ्देन, उदय सुब्बा, अनिता छन्तेल, राजकुमार लिङ्देन, राजु घिमिरेलगायतको मुख्य भूूमिका रहेको छ । जानु काम्बाङ लिङ्देनको गीत, विकास चौधरीको संगीत, बिक्रम डिसीको छायांकन रहेको ‘काबेली’ मा प्रस्तुति कविता राई लिङ्देन र निर्देशन दिनेश लिङ्देनको रहेको छ ।

Comments