बागमतीको अर्को ट्रिजर सार्वजनिक (ट्रिजरसहित)
screennepal
प्रकाशित: २०७२, २८ आश्विन बिहीबार
no img

काठमाडौं । चलचित्र ‘बागमती’को ट्रेलर सार्वजनिक गरिएको छ । २ करोड बजेटमा निर्माण गरिएको भिनिएको  ‘बागमती’ को यसअघि सार्वजनिक गरिएको ट्रिजरले नायक राजेश हमालको समेत कम्ब्याक हुने देखिएको छ ।चलचित्र ‘बागमती’ २४ पुसबाट प्रदर्शनमा आउँदै छ । यसअघिको ट्रिजरमा हमाललाई मात्रै देखाए पनि अहिले चलचित्रका मुख्य सबै कलाकारलाई देख्न सकिन्छ । साउथ भारतीय शैलीमा निर्माण गरिएको यस चलचित्रलाई नेपालको महँगो नेपाली फिल्म भनिएको छ । उनीहरुले दक्षिण भारतीय फिल्मकै स्वादमा ‘बागमति’ बनाएको दावी गरेका छन् । यसका निर्देशक सन्नी केरला दक्षिण भारतीय हुन् भने फिल्मको प्राविधिक काम पनि नेपाल बाहिरै गरिएको छ । चलचित्रमा नेपाली कलाकार राजेश हमाल, शिब श्रेष्ठ, केकी अधिकारी, मुकुन्द श्रेष्ठ, धु्रव कोइराला, बालकलाकार कञ्चन ठकुरीलगायतको अभिनय रहेको छ ।

12166917_901758473245917_1928538526_n

रविकरप्रसाद घिमिरेले यसै चलचित्रबाट हिरोको रुपमा डेब्यु गर्दैछन । फिल्मलाई ट्रि इन्टरटेन्टमेन्टको ब्यानरमा दिनेश दर्शनधारी र बिजय सत्यालले निर्माण गरेका हुन् ।

https://www.youtube.com/watch?v=Cm4JXRnU4HY

Comments