मनको उजुरीपछि निर्माणमा लाग्दै धुव्र
screennepal
प्रकाशित: २०७२, २७ आश्विन बुधबार
no img

काठमाडौं । म्युजिक भिडियो, मोडलिङग हुँदै चलचित्रको पर्दामा देखापरेका हेटौंडाका ध्रव्र न्यौपाने निर्माण क्षेत्रमा पनि देखिने भएका छन् । करिब तीन वर्षपछि चलचित्रकर्ममा फर्केका उनले दशैंतिहार लगत्तै निर्माणमा सक्रिय हुने बताएका छनु । प्लान, द क्राइम, सन्त्रासजस्ता चलचित्रमा नायकको रुपमा काम गरिसकेका धुव्र हाल छायांकन भइरहेको चलचित्र ‘मनको उजुरी’मा व्यस्त छन् । उनले कलाकारीतासँगै चलचित्र निर्माणमा समेत आफ्नो इच्छा रहेको बताए । उनले आफ्नै कम्पनी एञ्जल फिल्मस् प्रालिको ब्यानरमा चलचित्र निर्माण गर्दैछन् । तर, अहिलेसम्म चलचित्रको नाम भने घोषणा गरेका छैनन् । उनले हाल विकास चौधरीको संगीतमा गीत रेकर्डिङ भइरहेको बताए ।

dhurba3
ध्रुव्रका अनुसार माघको पहिलो साताबाट चलचित्रको युनिट फ्लोरमा निस्कने छ । चकलेटी नायकको रुपमा रजतपटमा देखापरेका नायक न्यौपाने एकाएक तीन वर्षसम्म चलचित्रकर्मबाट ओझेल परेका थिए । तीन वर्ष हराउनुको कारण उनले घरायसी भएको बताए । उनले भने, ‘अब हराउँदिनँ । यसै क्षेत्रमा निरन्तर सक्रिय रहने छु ।’

Comments