भारतको अघोषित नाकाबन्दीप्रति धार्मिक क्षेत्रको विरोध
screennepal
प्रकाशित: २०७२, १३ आश्विन बुधबार
no img

काठमाडौं । भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दीप्रति धार्मिक क्षेत्रले चासो देखाएका छन् । देशमा सबै तह र तप्काबाट विरोध भइरहेका बेलामा विन्धयवासिनी आध्यातिमक संघले चासो ब्यक्त गरेको छ । उक्त संस्थाले नेपाल–भारत वर्तमान गतिरोध निवारणमा धार्मिक क्षेत्रको भूमिकाबारे राजधानीमा मंगलबार बृहत् अन्तरधार्मिक अन्तरक्रिया कार्यक्रम गर्दै भारतीय नाकाबन्दीबारे चासो देखाएको हो । विन्धयवासिनी आध्यात्मिक संघले आयोजना गरेका कार्यक्रममा चीनका लागि पूर्वराजदूत टंक कार्की, जापानका लागि पूर्वराजदूत डा.विष्णुहिर नेपाल र रुसका लागि पूर्वराजदूत हिरणयलाल श्रेष्ठ, राजनीतिक विश्लेषक तथा इतिहासविद् प्रा.डा. सुरेन्द्र केसी, राजनीतिज्ञ ध्रुब रुपाखेती, विश्वहिन्दू परिषदका अध्यक्ष रामचन्द्र अधिकारी, मुस्लिम नेता तथा कुरानलाई नेपाली भाषामा अनुवाद गर्ने इस्लामिक गुरु अलाउदिन फलाही, नेशनल काउन्सिल अफ चर्चका महासचिव डा. केवी रोकाया, वैदिक कर्मकाण्ड महासंघका उपाध्यक्ष रामचन्द्र भण्डारीले भारतले नेपालमा लगाएको अघोषित नाकाबन्दी गरेकोमा घोर आपति जनाउँदै धार्मिक क्षेत्रले पनि सहजिकरणका लागि पहल गर्नुपर्ने बताएका थिए ।

news-12-2
त्यस्तै नेपाली बाबा जगतचार्य नेपाली बाबाले आफूले यो भन्दाअघि भारतले नेपालमाथि २०४५ सालमा लगाएको नाकाबन्धीमा पनि सहजिकरणको प्रयास गरेको बताउँदै यसपटक पनि आफूले त्यो पहल सुरु गरेको बताएका थिए ।
संघका अध्यक्ष केशवप्रसाद चौलागाईले राष्ट्रियताका विषयमा पनि धार्मिक क्षेत्रले चासो राख्नुपर्ने भएकाले आफूहरुले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको बताउँदै नेपाली यसका लागि पहल गर्नुपर्ने बताए । उनले देशले ढिलै भए पनि संविधान पाएको र अबका दिनमा हामीहरु मिलेर जानु पर्ने न मिलेका कुरालाई मिलाउँदै जानुपर्ने बताउँदै देशमा आएको वर्तमान संकटमा सबै मिलेर सामाना गर्नुपर्ने बताएका थिए ।

Comments