आजदेखि सिनेमा हलले भारतीय फिल्म प्रदर्शन बन्द गरे
screennepal
प्रकाशित: २०७२, ११ आश्विन सोमबार
no img

काठमाडौं । सोमबारबाट हिन्दी सिनेमा प्रदर्शनमा बन्द गरिएको छ । नेकपा माओवादी संयोजक नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओावादीले नेपालभित्र भारतीय फिल्म रोक्न नीतिमाथि हल संञ्चालकहरुले सहमति जनाउँदै बन्द गरिएको हो । नेकपा मओवादीको भारतीय फिल्म रोक्ने नीतिमा समर्थन जनाउँदै गोपीकृष्ण मुभिजले सोमबारदेखि लागु हुने गरेर हिन्दी फिल्मको शो बन्द गरेको छ। हाल गोपीकृष्ण मुभिजमा ुकट्टी बट्टीु नामक हिन्दी फिल्म चलिरहेको थियो । सोमबार बिहानदेखि हिन्दी फिल्मको शोहरु हटाइसकेका छौं । यसअघि हामीलाई हिन्दी फिल्म रोक्न आग्रहसहितको पत्र आएको थियो, ‘गोपीकृष्ण मुभिजका निरज पौडेलले भने ।

calender-girls1

त्यस्तै मन्टिप्लेक्स हलहरुले नेपाल चलचित्र संघको निर्णय अनुसार हिन्दी फिल्महरु रोक्न सकिन्ने जानकारी दिएको छ । क्युएफएक्सका सिओइ रोशन अदिगाका अनुसार तत्काल नेपाली भाषामा उल्था गरिएका हिन्दी विज्ञापनहरु फिल्टर गर्न भ्याइसकिएको छैन् । ुयो साता नेपालका हलहरुमा हिन्दी फिल्म नचलेको हुँदा खासै समस्या आएको छैन् । अर्को साताको लागि नेपाल चलचित्र संघ गरेको निर्णय हाम्रो हलको लागि मान्य हुनेछ । हाल हलमा लाग्ने रहेको नेपाली भाषामा उल्था गरिएका हिन्दी विज्ञापनमा फिल्टर गर्न सकिएको छैन्।

यसअघि नेकपा माओवादीले सोमबारबाट लागू हुने गरी नेपालमा भारतीय फिल्म, च्यानल तथा विज्ञापन रोक्ने घोषणा गरेको थियो । ‘सोमबारबाट नेपालमा भारतीय फिल्म, च्यानल तथा विज्ञापन बन्द गर्ने निर्णय गरेका छौं । त्यस्तै भारतीय नम्बर प्लेटका गाडीहरु पनि नेपालभित्र चल्न रोक लगाइने छ, प्रवक्ता खड्गबहादुर विश्वकर्मा, प्रकाण्डुले भने । उनले भारतीय फिल्म तथा टेलिसिरियलको साटो नेपाली फिल्म तथा विज्ञापनहरुलाई प्राथमिकतामा राख्न पनि सबैमा आग्रह गरेको छ ।

Comments