सोमबारदेखि नेपालमा हिन्दी सिनेमा प्रदर्शन रोक लगाइने
screennepal
प्रकाशित: २०७२, १० आश्विन आईतवार
no img

काठमाडौं । नेपालको नयाँ संविधानप्रति असहमति जनाउँदै भारतले गर्दै आएको अघोषित नाकाबन्दीविरुद्ध नेपालमा हिन्दी चलचित्रको प्रदर्शनमा रोक लगाइने भएको छ । भारतको हस्तक्षेपविरुद्ध नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले सोमबारबाट नेपालमा भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउँने निर्णय गरेको हो । साथै उसले भारतीय टेलिभिजन च्यानलहरुलाई समेत नेपाली केवलहरुमा वितरण गर्न रोक लगाउँने निर्णय  गरेको जनाएको छ । नेपालको जटिल परिस्थितिको फाइदा उठाउँदै भारतले निहीत स्वार्थ पूरा गर्नका लागि नाकाबन्दी जस्तो गलत कदमको सहारा लिएको भन्दै माओवादीले त्यसको प्रतिरोधस्वरुप यस्तो निर्णयमा पुगेको जनाएको छ ।

calender-girls1

साथै, भारतीय नम्बर प्लेटका गाडीहरु पनि नेपालमा चल्न नदिने भएको छ । माओबादीले आइतवार अपरान्ह लैनचौरस्थित भारतीय दुतावास अगाडि प्रदर्शन समेत गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले भारतीय हस्तक्षेपविरुद्ध सशक्त प्रतिकार गरिने वताएका छन् । माओवादीले नेपालमा उत्पादित सामानहरुको उपयोगका लागि आममानिसलाई सचेत गराउने, कालोबजारी गर्नेलाई कारबाही गर्ने तथा भारतीय हस्तक्षेपविरुद्धका कार्यक्रमहरु गर्ने जनाएको छ । हाल काठमाडौं लगायतका केही हलहरुमा हिन्दी चलचित्रहरु कट्टीबट्टी,किसकिसको प्यार गरुँ,क्यालेन्डर गर्लस् र वेलकम व्याक प्रदर्शन भैरहेका छन् ।

Comments