मुसा एञ्जेलिना जोलीको सातौ सन्तान
screennepal
प्रकाशित: २०७२, १० आश्विन आईतवार
no img

लस एञ्जल । हलिउड अभिनेत्री एञ्जेलिना जोलीले पाँचौ सन्तान ग्रहण गरेकी छन् । यी अभिनेत्रीले धर्मपुत्रका रुपमा एक सिरियाली बालकलाई अँगाल्दै आफ्ना सन्तानको संख्या बढाएकी हुन् । आफैंले जन्माएको दुई र धर्म सन्तान चार गरी जम्मा ६ सन्तानकी आमा जोली अब सातौं सन्तानकी आमा बनेकी छन् । जोलीको सातौं सन्तानको नाम मुसा हो । सिरियाली द्वन्द्वमा मुसाले आफ्ना आमाबाबु गुमाएका छन् । दोभाषेको सहारामा उक्त बच्चाकोे कथा सुनेपछि जोली रोएकी थिइन् । त्यसपछि उनले दुई वर्षका मुसालाई अँगालो हालेकी थिइन् ।

jolie
पछिल्लो एक वर्षयता सिरियालमा बढ्दो द्वन्द्वसँगै लाखौं मानिस शरणार्थी बन्ने क्रम जारी छ । केही दिनअघि देश छोडेर अन्यत्र जाने क्रममा डुंगा पल्टिँदा मृत्यु भएका एक बालकको शवको तस्बीरले संसारको ध्यान खिचेको थियो । सिरियाली शरणार्थी समस्याले संसारकै ध्यान खिचेको बेला हलिउड अभिनेत्री एन्जेलिना जोली सिरियाली शरणार्थी क्याम्मा पुगेकी थिइन् ।

????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????
संयुक्त राष्ट्रसंघको प्रतिनिधि भएर पुगेकी जोलीले सुरुमा मुसासँगै रहेका अन्य दुई बच्चालाई पनि धर्मसन्तान बनाउने निर्णय लिएकी थिइन् तर, पति ब्राडले धेरै सन्तान पाल्न नसकिने भन्दै सहमति जनाएनन् ।

Comments