टेप्पु र टि–शर्टमा ‘डेस्टिनेशन काठमाडौं’
screennepal
प्रकाशित: २०७२, १० आश्विन आईतवार
no img

काठमाडौं । १५ असोजबाट रिलिज हुन लागेको फिल्म ‘डेस्टिनेशन काठमाडौं’ का निर्माता तथा कलाकारले विभिन्न रुटमा चल्ने टेम्पु तथा माइक्रोबसमा ‘डेस्टिनेशन काठमाडौं’ को स्टिकर टास्नुका साथै टि–सर्ट बितरण गरेका छन् । आमदर्शकमाझ आफ्नो फिल्मबारे जानकारी दिनका लागि सडकमा उत्रिएको निर्माता शरद अधिकारीले बताए । ‘सबै दर्शकले फिल्म रिलिज हुन लागेको थाह पाउन र हेर्न आउन भनेर यसो गरिएको हो,’ टेम्पुमा स्टिकर टास्दै गर्दा उनले भने, ‘सबै नेपालीले हेर्नुपर्ने फिल्म बनाएका छौं । त्यसैले प्रत्यक्ष रुपमै दर्शकमाझ पुगेका हौं ।’ स्व. दीपक रायमाझी निर्देशीत फिल्मको कार्यकारी निर्देशक मधुसुदन भट्टराई हुन् । स्टिकर टास्ने काममा निर्माता शरद, कार्यकारी निर्देशक मधुसुदनका साथै रबि गिरी, रामचन्द्र अधिकारी, बिकास चापागाइलगायतका अभिनेता उपस्थित थिए । फिल्ममा दीलिप रायमाझी, झरना थापा, अष्टे«लीयन अभिनेत्री साहरा मावबेलगायतले अभिनय गरेका छन् ।

destinationktm

Comments