क्यासिनो उद्घाटन गर्न काठमाडौंमा मल्लिका
screennepal
प्रकाशित: २०७२, ९ आश्विन शनिबार
no img

काठमाडौं । केही समययता राजधानीका पाँचतारे होटलहरुमा रहेका अधिकांश क्यासिनो बन्द छन् । केही क्यासिनो खुल्ने तरखरमा रहेका छन् । यस्तै, आज (शनिबार) सोल्टी होटलमा रहेको क्यासिनो पुन खुल्दैछ । उक्त क्यासिनोको बलिउड अभिनेत्री मल्लिका शेरावतले रिवन काटेर उद्घाटन गर्नेछिन् । त्यसका लागि यी बलिउड हट आइटम गर्ल आजै काठमाडौं आइपुगेकी छन् । सोल्टी होटलमा रहेको ‘क्यासिनो महाजोङ’ को मल्लिकाले साँझ एक भव्य समारोहबीच उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सोल्टी होटलमा रहेको ‘नेपाल क्यासिनो’ नाम फेरेर पुन खुल्न लागेको हो । क्यासिनो उद्घाटनपछि मल्लिकाको प्रस्तुती समेत रहने स्रोतले जनाएको छ ।

malika(1)

Comments