‘विकनी किलर’ चाल्र्सबारे फिल्मको अफिसियल प्रोमो सार्वजनिक (प्रोमो)
screennepal
प्रकाशित: २०७२, ७ आश्विन बिहीबार
no img

काठमाडौं । ‘विकनी किलर’ का रुपमा कुख्यात अपराधी चाल्र्स शोभराजबारे भारतमा फिल्म बनेको छ । नेपालमा जेल जीवन बिताइरहेका कुख्यात अपराधी चाल्र्सबारे फिल्म ‘मै और चाल्र्स’ अहिले प्रदर्शनका लागि तयारी भएको छ । फिल्मको अफिसियल प्रोमो बुधबार सार्वजनिक गरिएको छ । ‘बिकनी किलर’ शोभराजको भुमिकामा रणदीप हुड्डा देखिँदैछन् । यस फिल्मलाई प्रवाल रमणले निर्देशन गरेका हुन् । फिल्ममा शोभराजको प्रेम कहानी र सन् १९७० को दशकमा पर्यटकको हत्या गरेको विषयलाई उठान गरिएको बताइएको छ । कहिले ‘बिकनी किलर’ त कहिले ‘साँप’ भनिने सोभराज ‘सिरियल किलर’ का रुपमा समेत चिनिन्छन् । सन् १९७० को दशकमा शोभराजले विदेशी पर्यटकको हत्या गरेका थिए । कुनै पनि युवतिका अगाडी पहिला शोभराज मित्र बनेर प्रस्तुत हुन्थे र अन्तिममा नशालु औषधी खुवाएर हत्या गर्थे ।

charles3
सन् १९७२ देखि १९७६ सम्म २४ युवतिको हत्या गरेको आरोप लागेका उनी हाल नेपालको जेलमा छन् । हत्या अभियोगमा केही वर्ष भारतको जेलमा बसेका शोभराज सन् १९८६ मा जेलबाट भागेपछि सन् २००३ मा नेपालमा पक्राउ परेका थिए ।

charles

charles shovaraj

सन १९७५ मा नेपालमा भएको दुई हिप्पीको हत्या आरोपमा नेपाली प्रहरीद्धारा पक्राउ परेका शोभराजले आजीवन कारावासको सजाय पाएका छन् । जेलमै सन् २००८ मा चाल्र्सले निहीतासँग बिबाह गरेका थिए । फिल्म उनकै जीवनीमा केन्द्रित रहेको निर्देशकको भनाइ छ । यो फिल्म आगामी ३० अक्टुबरमा रिलिज हुँदैछ ।

Comments