रीमाको विवाहका लागि ह्यात होटल बुकिङ
screennepal
प्रकाशित: २०७२, ७ आश्विन बिहीबार
no img

काठमाडौं । मोडल तथा अभिनेत्री रीमा विश्वकर्माले आइतबार झ्याईं पार्दैछिन् । रीमाले बेलायतका एनआरएन रोब विश्वकर्मासँग विवाह गर्न लागेकी हुन् । चलचित्रमा भन्दा म्युजिक भिडियोमा बढी चम्किँदै आएकी रीमाको विवाह समारोेहका लागि केही दिनयता देखि नै तयारी भइरहेको उनको परिवारिक स्रोतले जनाएको छ । विवाह समारोहका लागि राजधानीको बौद्धस्थित होटल हयात रेजन्सी बुिकङ गरिसकिएको छ । रोब र रीमाको प्रेमसम्बन्ध प्रगाढ भएको धेरै भएको छैन । ढेड वर्षअघि पहिलोपटक भेटिएका उनीहरु बेलायतमै प्रेम सम्बन्ध अगाडि बढेको स्रोतको भनाइ छ । छोटो समयको प्रेमलाई रोब र रीमाले आइतबार विवाहमा परिणत गर्न लागेकी हुन ।

reema
म्युजिक भिडियो तथा टेलिभिजन प्रस्तोता हुँदै पछिल्लो समय चलचित्रमा जँदै गरेकी रीमा अभिनीत चलचित्र ‘भाले फाइट’ शुक्रबार रलिज हुँदैछ । विवाह समारोहमा आफ्ना नातेदारका अलावा केही फिल्मकर्मीलाई पनि निम्ताउँदैछिन् ।

rrrrr

Comments