आलिया र दीपिकासँग रोमान्स गर्ने इच्छा
screennepal
प्रकाशित: २०७२, २९ भाद्र मंगलवार
no img

मुम्बई । फिल्म ‘हिरो’मार्फत हिन्दी सिनेजगतमा करिअर अगाडि बढाएका अभिनेता सुरज पञ्चोली रोमान्टिक फिल्ममा काम गर्न चाहन्छन् । यी हिरोको इच्छा अभिनेत्री आलिया भट्ट र दीपिका पादुकोणसँग रोमान्स गर्नु रहेको छ । सुरज भन्छन्, ‘म पूरै रोमान्टिक फिल्ममा काम गर्न चाहन्छु । जसमा कुनै मारकाट नहोस् । बरु नृत्य होस् । तर, म बडी बिल्डर र मारधाडको दृश्य गर्न चाहन्न ।’

sooraj-deeepika-alia
उनले पर्दामा अभिनेत्रीसँग रोमान्स गर्न चाहेको पनि बताए । उनल भने, ‘दुई अभिनेत्री आलिया भट्ट र दीपिका पादुकोणका साथ रोमान्स गर्न मन लागेको छ ।’ सुरज र फिल्म ‘हिरो’की उनकी सह–कलाकार आथिया शेट्टी सुभाष घईको फिल्म संस्थानमा अभिनय सिक्ने विद्यार्थी हुन्, जहाँ उनीहरुले यो कुरा गरिहेका थिए । सुरजको फिल्म ‘हिरो’ ले ओपेनिङ विकेन्डमा जम्मा २१ करोड रुपैयाँको कारोबार गरेको थियो । (Agency)

Comments