आकाशको १४औं ‘के म तिम्रो होइन र ?’
screennepal
प्रकाशित: २०७२, २८ भाद्र सोमबार
no img

काठमाडौं । निर्देशक आकाश अधिकारी ‘के म तिम्रो होइन र ?’ भन्दै आएका छन् । उनले आफ्नो १४औं चलचित्र नाम यस्तै राखेका छन् । चलचित्रको कलंकस्थित सिटी सेन्टर अस्पतालमा फिल्मकर्मी र पत्रकारको उपस्थितीमा शुभसाइत गर्दै छायांकन प्रारम्भ गरिएको छ । यो चलचित्र ४० दिनमा छायांकन सकिने निर्माणपक्षले जनाएको छ ।

k-ma
यस चलचित्रलाई अधिकारी ब्रदर्सको ब्यानरमा द स्काई मुभिजले सहकार्य गर्दै निर्माण गर्न लागिएको हो । चलचित्र संगीतकार सुरेश अधिकारीले लगानी गरेका छन् । चलचित्रको शुभसाइत समारोहमा यसका मुख्य कलाकार आर्यन अधिकारी, मरिष्का पोख्रेल र गौरी मल्ले संवाद बोलेका थिए । फिल्ममा मिथिला शर्मा, आकाश खवास, प्रज्वल गिरी, सविना गोपाली, सुरेन्द्र बसेल, रमेश अधिकारी, रीया श्रेष्ठ, विनोद केसीको पनि अभिनय छ ।

k-ma-2
यस चलचित्रमा दिनेश वान्तवाको मुख्य सहायक छायांकन, हिमाल केसीको द्वन्द्व, रेनशा वान्तवा राईको नृत्य निर्देशन, दिनेश लामाको कला निर्देशन र इश्वर श्रेष्ठकोे मेकअप रहनेछ भने बसन्त सापकोटा र ताराप्रकाश लिम्बुको संगीत, आकाश अधिकारी, डाक्टर कृष्णहरी बराल र सुन्दर श्रेष्ठको गीत, उदित नारायण झा, राजेशपायल राई, अञ्जु पन्त, प्रमोद खरेल, मिलन अमात्य, प्रल्हाद तिमिल्सिना र दुर्गा दाहालको आवाज रहेको छ ।

Comments