ओस्करमा नेपालको प्रतिनिधित्व गर्दै ‘टलकजंग भर्सेस् टुल्के’
screennepal
प्रकाशित: २०७२, २६ भाद्र शनिबार
no img

काठमाडौं । विश्व सिनेमा क्षेत्रको सबैभन्दा गरिमामय अवार्ड ओस्करको ८८औं संस्करणमा नेपाली चलचित्र ‘टलकजंग भर्सेस टुल्के’ले नेपालको प्रतिधित्व गर्ने भएको छ । यो चलचित्र ओस्करमा विदेशी भाषाअन्र्तगत छनोट भएको हो । यस विधाका लागि ‘भीमदत्त’, ‘सुनपानी’, ‘निशानी’ र ‘टलकजंग भर्सेज टुल्के’ गरी चारवटा पहिलो चरणमा परेका थिए । तीमध्ये एकेडेमीको मापदण्ड पुग्ने स्तरीय एवं अब्बल दर्जाका सिर्जनाबाट ‘टलकजंग भर्सेस टुल्के’ छनोट भएको द एकेडेमी अफ मोशन पिक्चर आटर््स एण्ड साइन्सेसको नेपाल छनोट समितिका सचिव चिरिञ्जवी गुराँगाईंले विज्ञप्तिमार्फत जनाएका छन् ।

Talakjung vs tulke poster
चलचित्र ‘टलकजंग भर्सेस् टुल्के’ एक सोझो नेपाली गाउँले युवाले आफ्नो गुमेको पहिचान खोज्न गरेको संघर्षको कथामा आधारित छ । निश्चल बस्नेत निर्देशित यस चलचित्रमा खगेन्द्र लामिछाने, दयाहाङ राई, ऋचा शर्मा, शुशांक मैनाली, रबिन्द्र सिंह बानियाँ, प्रकाश घिमिरे, रजनी गुरुङ, बुद्धि तामाङ, राज थापा, जुनु विष्ट लगायतका कलाकारले अभिनय छ ।

Comments