सेक्सको खुलासापछि विवाहको कुरा
screennepal
प्रकाशित: २०७२, २६ भाद्र शनिबार
no img

मुम्बई । बलिउड अभिनेत्री तथा मोडल अर्शी खानले पाकिस्तानी क्रिकेटर शाहिद आफरीदीसँग विवाह गर्न तयार रहेको बताएकी छन् । यी अभिनेत्रीले केही दिनअघि मात्र शाहिद आफरीदीसँग सेक्स गरेको खुलासा गरेकी थिइन् । अर्शीले शाहिदसँगको नयाँ खुलासा गर्दै आफू विवाह गर्न तयार रहेको बताएकी हुन् ।

arshi

अर्शीले ट्वीट गर्दै भनेकी छन्, ‘हो, म शाहिद आफरीदीसँग विवाह गर्न तयार छु । मलाई किन यस विषयमा पटकङपटक सोध्नुहुन्छ । अब मलाई यसबारे सोध्न बन्द गर्नुस् ।’ अर्शीको यस ट््वीटलाई अभिनेता शाहरुख खानलाई पनि ट्याग गरेकी छन् । समाचारमा जनाइएअनुसार एक टिभी च्यानलमा दिएको अन्तत्वार्तामा अर्शीले भनेकी छन्, ‘मं आफरीदीलाई प्रेम गर्छु र उनले पनि मलाई प्रेम गर्छन् । प्रेम गरेपछि किन डराउँने ?’

Shahid-Afridi-of-Pakistan
स्मरणीय कुरा के भने आफरीदी पाकिस्तानको चर्चित क्रिकेटर हुन् । उनको विवाह भइसकेको छ । आफरिदीको एक बच्चा पनि छन् । हालै सेक्सको विषयलाई लिएर आफरीदीले भनेका थिए, ‘अर्शी र मेरो बीच अफेयरको खबर अफवाहभन्दा केही होइन ।’ अर्शी खान अफगानिस्तानमा बस्दै आएकी छन् । (एजेन्सी)

Comments