सलमानको अनस्क्रिन पत्नीसँग युवराजको डेटिङ
screennepal
प्रकाशित: २०७२, २५ भाद्र शुक्रबार
no img

hezal 11

नयाँदिल्ली । बलिउड अभिनेत्री दीपिका पादुकोण र किम शर्मासँग रोान्स डेटिङ गरेर चर्चामा आएका भारतीय क्रिकेटर युवराज सिंहबारे नयाँ खबर सार्वजनिक भएको छ । युवराज पछिल्लो समय ब्रिटिश मोडल तथा बलिउड अभिनेत्री हेजल किचसँग डेटिङमा रमाइरहेका छन् । एक समाचारका अनुसार युवराज केही इभेन्टस्मा यी ब्रिटिश मोडल हेजलका साथ देखिएका थिए । उनीहर एकसाथ छुट्टि मनाउन लण्डन गएको समेत बताइन्छ । हेजल किच सन् २०११ मा रिलिज भएको हिन्दी फिल्म ‘बडीगार्ड’ मा सलमान खानसँग देखिएकी थिइन् ।

yuvraj-singh-2008-11-19-6-36-9

उक्त फिल्ममा किचले सलमान खानको पत्नीको भूमिका गरेकी थिइन् । यसका अलावा किचले केही फिल्ममा आइटम डान्स समेत गरिसकेकी छन् । भारतीय क्रिकेट इन्डस्ट्रीमा प्रायः चर्चामा आइरहने युवराज सिंहको यस अफेयरको हल्ला कतिको साँचो हो भन्ने त्यो स्पष्ट भएको छैन । आफ्नो डेटिङका बारेमा किच र युवराजले अहिलेसम्म केही बताएका छैनन् । (एजेन्सी)

Comments