नयाँ संविधानमा मनिषाको सुझाव : राजसंस्थालाई उचित स्थान दिनुपर्छ
screennepal
प्रकाशित: २०७२, २४ भाद्र बिहीबार
no img

काठमाडौं । बलिउड अभिनेत्री तथा कोइराला खानदानकी मनिषा कोइरालाले ‘नेपालमा राजसंस्था उचित’ भएको बताएकी छन् । उनले आफ्नो फेसबुकमा ‘नयाँ संविधानका लागि सुझाव’ भन्दै स्टाटस लेखेकी छन्, ‘नेपालमा राजसंस्थालाई उचित स्थान दिएर हिन्दुअधिराज्य कायम राख्नुपर्छ ।’ मनिषाले राजसंस्थालाई पाखा लगाएर संविधान निर्माण गरिँदा राष्ट्रिय एकता खल्बलिनु सक्ने बताउँदै नेपालको सार्वभौमसत्ता नै गुम्ने सम्भावना भएकाले राजसंस्थालाई उचित स्थान दिनु वाञ्छनीय भएको उल्लेख गरेकी छन् ।

??????
मनिषाको फेसबुक वालमा सुझाब लेख्नेमा भने मनिषासँगै साहित्यकार नरेन्द्रराज प्रसाईको पनि नाम उल्ललेख छ । उनीहरु दुवैले सुझाब संविधान निर्माणलाई सुझाव दिँदै अढाई सय वर्ष राजसंस्थाले राष्ट्रमा संरक्षकको भूमिका निर्वाह गरेको
बताएका छन् ।
राजावादी मानिने साहित्यकार प्रसाईले कुनै बेला मनिषाको बायोग्राफी समेत लेख्ने योजना बनाएका थिए । अहिले उनले ‘राजसंस्था चाहिन्छ’ भन्दै मनिषालाई सघाएका छन् । सनातन हिन्दुधर्मको संरक्षण र वैदिक संस्कृतिले नेपालको संरक्षण गर्दै आएको दावी गर्दै मनिषाले लेखेकी छन् ‘नेपाली हिन्दुत्वले विश्वमा आफ्नै विशिष्ट पहिचान स्थापित गरिसकेकाले यसलाई बिथोल्नु हुन्न ।’ उनले नेपाली सेनालाई आगामी दिनमा शक्तिशाली बनाउनुपर्ने समेत सुझाव दिएकी छन् । मनिषाले सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता संवैधानिक आयोगलाई बलियो बनाउनुपर्ने बताएकी छन् ।
नेपाली राजनीतिक एक धरोहर मानिएका बीपी कोइरालाकी नातिनी मनिषा पूर्वमन्त्री प्रकाश कोइरालाकी छोरी हुन् । आफ्ना पिता शाही सरकारको मन्त्री बनेसँगै मनिाषा राजसंस्था समर्थन भएकी हुन् ।

Comments