२० वर्ष पुरानो जुत्ता लगाउँछन् सलमान
screennepal
प्रकाशित: २०७२, २३ भाद्र बुधबार
no img

मुम्बई । बलिउड अभिनेता सलमान खानले जे बोल्यो, त्यो बलिउडमा समाचार बन्छ । सलमानको स्डारडम फिल्म दुनियाँ र बाहिर उस्तै छ । तर, सलमान आफूलाई भने पर्दाको मात्र स्टार भएको बताउँछन् । उनी भन्छन्, ‘स्टारडम भनेको फिल्मको पर्दामा हो । भूमिकाले स्टारडम हामीलाई बनाउने हो ।’

salman
हुन पनि सलमान पर्दा पछाडि र अगाडि धेरै भिन्न छन् । उनी आफ्नो स्टारडमलाई समेत त्यति ख्याल गर्दैनन् । सलमान भन्छन्, ‘म स्टारडमप्रति गम्भीरता लिन्नँ । म एक स्टार हुँ । तर मलाई यसको कुनै प्रवाह छैन । म सामान्य जनताजस्तै देखिन चाहन्छ ।’ उनले साढे पाँच सय रूपैयाँको टि–शर्ट लगाउने बताउँदै भने, ‘१५ वर्ष पुरानो जीन्स लगाउने गरेको छु । त्यस्तै, मैले लगाउने जुत्ता २० वर्ष पुरानो छ । आखिर लगाइले मान्छे स्टार हुने होइन । स्टार भनेको त चरित्र न हो ।’ ४९ वर्षीय सलमानले बलिउड फिल्मजगतमा २५ वर्षभन्दा धेरै बिताइसकेका छन् । उनलाई प्रशंसक र दर्शकको कुनै कमि छैन । बलिउडमा उनी लोकप्रिय अभिनेतामध्ये पर्छन । तर, सलमान भन्छन्, ‘यो मेरो सफलता होइन । सफलता त उनीहरूको हो, जसले मलाई यहाँसम्म पु¥याए ।’

Comments