प्रशिद्ध बलिउड संगीतकार आदेशको निधन
screennepal
प्रकाशित: २०७२, १९ भाद्र शनिबार
no img

मुम्बई । भारतका चर्चित संगीतकार तथा गायक आदेश श्रीवास्तवको ५१ वर्षको उमेरमा निधन भएको छ । क्यान्सरबाट पीडित ५१ वर्षीय आदेशको शनिबार राती निधन भएको हो । चार वर्षदेखि उनी क्यान्सर पीडित थिए । उनको उपचार मुम्बईको अँधेरीस्थित कोकिलाबेन धीरूभाई अम्बानी अस्पतालमा हुँदै आएको थियो ।

aadesh-story_647_090115011044
सन् १९६५ मा सेप्टेम्बर ४ मा जन्मिएका आदेशको जन्मदिनको दिनमै निधन भएको छ । सन् २०१० मा पहिलोपटक उनलाई क्यान्सर भएको पत्ता लागेको थियो । त्यसपछि उनलाई केमियो थेरापी दिइएको थियो । अमेरिकामा उपचार गराएर फर्केका उनलाई गत महिनाको अन्त्यमा तेस्रोपटक क्यान्सर भएको जनाइएको थियो ।
भारतको जबलपुरमा जन्मेका आदेशले करिब १ सयभन्दा बढी फिल्ममा संगीत दिएका छन् । ‘शस्त्र’ फिल्मको ‘क्या अदा क्या जलवे तेरे पारो’ गीतमाफृत ऋयाती कमाएका उनले ‘चलते चलते’, ‘बाबुल’, ‘कभि खुशी कभी गम’, ‘राजनीति’ जस्ता चर्चित र सफल फिल्ममा संगीत दिएका छन् । उनले बलिउड अभिनेत्री विजेता पन्डितसँग बिहे गरेका हुन् । उनका दुई छोरा छन् ।

Comments