करिना भन्छिन्, ‘मलाई पाउनु नै सैफको भाग्य’
screennepal
प्रकाशित: २०७२, १५ भाद्र मंगलवार
no img

मुम्बई । बलिउड अभिनेत्री करिना कपूरले पति अभिनेता सैफ अलि खानलाई ‘भाग्यमानी’ भनेकी छन् । करिनाले एक प्रसंगमा भनेकी छन्, ‘म सैफको पत्नी हुन पाउनु उनको भाग्य हो । त्यसैले म सैफलाई भाग्यमानी भन्छु ।’ करिना आफ्नो सुन्दरताबारे तारिफ सुन्न मन पराउँछिन् । यसै अर्थमा उनले आफ्ना पति सैफलाई ‘भाग्यमानी’ भनेकी हुन् ।

kareena
एक साक्षात्कारमा अभिनेता सिद्धार्थ मल्होत्राले भने, ‘करिनाको म ठूलो प्रशंसक हुँ । कुनै समय करिनासँग डेटिङ गर्न चाहन्थें ।’ सिद्धार्थमात्र नभई अभिनेता अर्जुन कपूरले आफू सानो हुँदा करिनाको प्रशंसक रहेको बताए । अर्जुन चाँडै फिल्म ‘की एन्ड का’ मा करिनासँग मुख्य भूमिकामा देखिँदैछन् ।
पति सैफबाट कस्तो तारिफ आउँछ भन्ने प्रश्नमा करिना भन्छिन्, ‘मलाई लाग्छ सैफले भन्दा बढी तारिफ मेरो कसैले गर्दैन । उनी निश्चित रुपमा एक भाग्यशाली व्यक्ति हुन् ।’ आफ्नो ग्ल्यामर्स लुकका कारण लोकप्रिय अभिनेत्रीमा कहलिएकी करिना हालै ‘लक्मे फेशन विक : विटर फेस्टिवल–२०१५’ को ग्रान्ड फिनालेमा देखिएकी थिइन् । उनलाई डिजाइनर गौरव गुप्ताले -याम्पमा उतारेका थिए । कालो रङको गाउनमा करिना खुलेकी देख्दा लाग्थ्यो, ‘उनले आफ्नो त्यतिकै प्रशंसा चाहेकी होइन रहेछ ।’
¥याम्पको तयारी गरिरहँदा करिनाले भनिन्, ‘-याम्प विल्कुल फरक हुन्छ । तपाईं आफैं पनि यसमा सहभागिता जनाउन सक्नुहुनेछ किनकि, यहाँ लगाइने पहिरन नै फरक हुन्छ । यसमा बढी ग्ल्यामर्स हुन्छ, जसमा मेकअप, सुन्दरता र फेशनको फ्युजन हुन्छ ।’
करिनाका अनुसार ठूलो पर्दामा सधैं वास्तविक देखाउने प्रयास गरेकी हुन्छिन् । उनले भनिन्, ‘दर्शकले मेरो आगामी फिल्म ‘उड्ता पञ्जाब’ मा पनि मेरो वास्तविकता देख्न पाउनेछन् ।’ करिना फिल्म ‘की एन्ड का’मा एक सोझी महिलाको भूमिकामा देखिँदैछिन् ।

Comments