फिल्म नपाएपछि सन्नी लियोनको सांगीतिक टुर !
screennepal
प्रकाशित: २०७२, १२ भाद्र शनिबार
no img

मुम्बई । पोर्न फिल्म छाडेर बलिउड छिरेकी सन्नी लियोन हिजोआज कामविहीन छिन् । बलिउड छिर्नेवित्तिकै रातारात चर्चामा आएकी सन्नीको हातमा यतिखेर कुनै फिल्म छैन । त्यसैले फुर्सदको समयलाई सदुपोयग गर्न उनी नयाँ काम गर्ने योजनामा छिन् । उनको योजनामा म्युजिकल टूर पनि रहेको छ । सन्नी सेप्टेम्बरमा केन्या जाँदैछिन्, जहाँ उनीसँग हुनेछन् गायक शान पनि । केन्यामा शानसँगै त्यहाँ सन्नी हिन्दी गीतमा परफमेन्स दिने भएकी छन् ।

sunny-stor
एक समाचार एजेन्सीले नैरोबीमा गायक शानसँग सन्नी लियोनले परफेन्स दिने जनाएको छ । पछिल्लो समय बलिउड कलकारले केन्यामा आफ्नो परफमेन्स गर्ने क्रम बढेको छ । ‘एलाअफ्रीका डटकम’का अनुसार गएको साता मात्र फरहान अख्तरले केन्याको पार्कल्यान्ड स्पोर्ट्स क्लबमा आफ्नो सो ‘जिन्दा हो तुम’ म्युजिकल टूर गरेका थिए । यसका अलावा भारतीय मूलकी केन्याकी टप फेसन डिजाइनर सोनु शर्माले पनि चाँडै त्यहाँ फेसन सो गदैछिन् । यसैबेला सन्नी र शानले केन्यामा एकसाथ परफेन्स गर्न लागेका हुन् । आफ्नो परफेन्सलाई लिएर दुवैजना उत्साहित छन् ।
केन्याको सांगीतिक टुरबाट फर्केपछि सन्नी एक फिल्ममा व्यस्त हुनेछिन् । उक्त फिल्ममा रणबीर कपूरका साथमा ऐश्वर्या राय र अनुष्का शर्माजस्ता कलाकारसँग देखिन सक्ने बताइएको छ । यो समाचार पुष्टि भने भएको छैन । तर, चर्चा गरिएअनुसार करण जोहरजस्ता निर्माताको बिग प्रोडक्शनमा फिल्म ’ऐ दिल है मुश्किल’ निर्माण हुँदैछ । उक्त फिल्ममा सन्नी पनि हुने जनाइको छ । ‘ऐ दिल है मुश्किल’ फिल्मको निर्देशन करणले गर्दैछन् । उनले सन्नीलाई पनि एक विशेष भूमिकामा स्थान दिएको स्रोतको भनाइ छ ।

Comments