असोज दोस्रो साता ‘डेस्टिनेशन काठमाडौं’
screennepal
प्रकाशित: २०७२, ७ भाद्र सोमबार
no img

काठमाडौं । स्व. निर्देशक दीपक रायमाझीको ‘ड्रिम प्रोजेक्ट’ मानिएको फिल्म ‘डेस्टिनेशन काठमाडौं’ असोज दोस्रो साता अर्थात् १५ गतेदेखि देशब्यापी प्रदर्शनमा आउने भएको छ । फिल्मका निर्माता शरद अधिकारीका अनुसार यो फिल्म स्वदेशका साथै विदेशमा पनि एकसाथ प्रदर्शन गरिदैछ ।

image

बिदेशीलाई नेपालप्रति आकर्षित गराउदै देशको पर्यटन क्षेत्रको बिकासमा सहयोग पुर्याउनुका साथै देशको राजनीति परिवेशले पारेको प्रभावको बिषयमा केन्द्रित फिल्मलाई अन्तराष्ट्रियस्तरमा प्रदर्शन गर्ने लक्ष्य निर्देशक रायमाझीको थियो । तर, उनको असमायीक निधनका कारण केही समय निर्माण रोकीएको फिल्मलाई अर्का निर्देशक मधुसुदन भट्टराईले पूरा गरेका छन् । फिल्मको कार्यकारी निर्देशक रहेका मधुसुदन फिल्मले पर्यटन क्षेत्रको बिकासको सन्देशका साथै भरपूर मनोरञ्जन प्रदान गर्ने बताउ“छन् ।

जनपुकार मिडिया हाउसले निर्माण गरेको फिल्ममा दीलिप रायमाझी, झरना थापा, केशब भट्टराई, बिक्रम मल्ल ठकुरी, रबि गिरी, बिकास चापागाई, नरेन्द्र थापा, रामचन्द्र अधिकारी, रश्मी भट्ट, रोशनी सापकोटा, बालकलाकार सृजेश अधिकारी, सत्यम अधिकारी र युनिशा लामीछानेका साथमा अष्ट्रेलियन अभिनेत्री सहारा मावब प्रमुख भूमिकामा छन् । राजु थापा र सौरभ लामाले खिचेको फिल्ममा निखिल बिश्वास, रमेश खड्का र राजन तिमिल्सिनाको संगीत छ ।

Comments