हलिउडका यी दम्पती अलग हुँदै !
screennepal
प्रकाशित: २०७२, ७ भाद्र सोमबार
no img

लस एञ्जलस। हलिउड स्टारका लागि प्रेम–बिछोड सामान्य मानिन्छ । लाग्छ, उनीहरुका लागि जीवन क्षणिक रोमान्स हो । यस्तै, अहिले हलिउडकी हट अभिनेत्री मेगन फक्स पनि पतिसँग डिभोर्स गर्ने सोचमा छिन् । समाचारमा जनाइएअनुसार यी अभिननेत्रीले पति ब्रायन ओस्टिन ग्रीनसँग सम्बन्धविच्छेदका लागि निवेदनसमेत दिइसकेकी छन् । मेगनले आफ्नो निवेदनमा पति आस्टिनसँग ‘सुल्झिन नसक्ने मतभेद’ भएको बताएकी छन् ।

megan fox????????????????????????????????????????????????????????????????????????????
हलिउडबारे समाचार सम्प्रेषण गर्ने अनलाइन पोर्टल ‘टिएमजेड डटकम’का अनुसार मेगन र ओस्टिनबीच विवाहअघि कुनै सम्झौता भएको थिएन । उनीहरुले विवाह गरेको पाँच वर्ष पुग्दैछ । तर, कुनै सम्झौता नभए पनि उनीहरुले कमाएको सम्पती आधा–आधा बाँड्ने भएका छन् । मेगनले ओस्टिनका तर्फबाट भएका दुई छोरा आफूसँग रहनु पर्ने माग गरेकी छन् । समाचारमा बताइएअनुसार उनीहरुले सम्बन्धविच्छेद सौहार्दपूर्ण रुपमा गर्दैछन् । अहिले मेगन र मोस्टिन एउटै घरमा बस्दै आएका छन् । (Agency)

Comments