मनोजको ‘सेनेरिता’
screennepal
प्रकाशित: २०७२, २३ श्रावण शनिबार
no img

काठमाडौं । गायक मनोज राई एकल एल्बम ‘सेनोरिता’ लिएर श्रोतामाझ आएका छन् । मधुर लोहनीको एकल शब्द र तथा संगीत रहेको राईका ‘सेनोरिता’ एल्बमलाई चाम्लिङ इन्टरटेनमेन्टले बजारमा ल्याएको हो ।

manoj rai
केही वर्षयता अमेरिकामा बस्दै आएका गायक राईको ‘सेनोरिता’ दोस्रो सोला आधुनिक गीति एल्बम हो । एल्बममा बहानाले हुन्न मायालु, ल है माया गाँसी, जब साँझ परिदिन्छ, आयो फेरि पापी याद, अधरमा खेल्ने मुस्कान, विचलित विचलित हुँदैछ र मैले तिमीलाई बोलका सात गीत संगृहीत छन् । एल्बम सार्वजनिक गरेपछि गायक राईले आफ्नो एउटा इच्छा पूरा गरेको बताए । ‘सानैदेखि गीतसंगीतप्रति मेरो रुचि थियो’ राईले भने, ‘एल्बम ल्याएपछि रहर पूरा भएको महशुस भएको छ ।’

Comments