मोदीको आलोचना : पोर्न साइट बन्दविरुद्ध बलिउड कलाकार !
screennepal
प्रकाशित: २०७२, २० श्रावण बुधबार
no img

Sunny+Leone+Latest+HD+Wallpapers+Download

मुम्बई । पोर्न साइट बन्द गर्ने निर्णयसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आलोचित भएका छन् । भारत सकारले पोर्न साइटलाई मंगलबार प्रतिबन्ध गर्ने गरेको थियो । तर, यसैबेला यसबारे विभिन्न प्रतिक्रिया आउन थालेका छन् । तर, विरोधका बाजदुद पनि मोदी सरकारले भारतमा पोर्न साइट बन्द गरेरै छाड्ने निर्णय गरेको छ । पार्न साइट बन्द गर्ने निर्णयमा सबैभन्दा बढी बलिउढ कलाकारले विरोध गरेका छन् । बलिउडकी हट अभिनेत्री सोफिया ह्यातले मोदी सरकारको पोर्न ब्यान्ड गरेको निर्णयको जमेरे विरोध गरेकी छन् ।
एक ट्विटमा उनले आफ्नो न्यूड तस्विर पोस्ट गरेकी छन् । तस्विरको क्याप्सनमा लेखेकी छन्, ‘पोर्न बन्दका लागि यस तस्विर तपाईलाईै राम्रो लाग्न सक्छ ।’ र, उनले अर्को ट्विटमा तस्बिर शेयर गर्दै लेखेकी छन्, ‘पोर्न बन्लद किन ? पोर्न प्लिज ..।’ शनिबार ८ सयभन्दा बढी यस्ता वेबसाइट्सको प्रतिबन्धित गर्ने निर्णय भारत सरकारले गरेका थियो । अबका दिनमा भारतमा पोर्न साइट्स चल्ने छ्रनन् । मोदी सरकारले ८५७ वटा पोर्न साइट्स बन्द गरेको बजनाएको छ । यसको अहिले सोसल साइटमा विरोधका आवाज उठिरहेको छ ।

Sofia Hayat
बलिउड अभिनेत्री सोनम कपूरले पनि सरकारको निर्णयप्रति विरोध जनाएकी छन् । उनले ट्विटमा लेखेकी छन्, ‘इडियट्स, पोर्न साइट बन्द गर्नुभन्दा भारतीय मानसिकता परिवर्तन गर्न जरुरी छ ।’
यस्तै, अभिनेता कमाल आर खानले यसलाई चर्चाको विषय नबनाउन आग्रह गरेका छन् । उनले मोदी सरकारको पोर्न बन्द गर्ने निर्णयलाई जोकका रुपमा लिएका छन् ।
मोदी सरकारको यस निर्णयको केआरकेले ट्विटमा खिल्ली उडाएका छन् । एक ट्विटमा केआरकेले लेखेका छन्, ‘पोर्न कसरी ब्यान्ड हुनसक्छ ? जस्तै, पोर्नस्टार सनी लियोनी त बन्द हुन सक्दैननु नि । यसको मतलव सरकार जनतालाई बेवकूफ बनाउँदै छ ।’ केआरकेले अर्को ट्विटमा लेखेका छन्, ‘सनी लियोनीको साइट सन्नी लियोनी डटकममाथि सरकारले ब्यान्ड गरेको छैन ।
यस्तै, भारतीय प्रधानमन्त्री मोदीले सन्नी लियोनीलाई पनि कानूनी कारबाही गर्ने बताएका छन् । तर, यसको कुनै स्पष्ट प्रतिक्रिया आएको छैन । यस्तै, बलिउड अभिनेत्री परिणीति चोपड़ा, सोनाक्षी सिन्हा र कट्रिना कैफले पनि पोर्न साइट बन्दको विरोध गरेका छन् । बलिउडमा पोर्न साइटको चर्चा व्यापक हुँदै गएपछि हलिउड अभिनेत्री किम कार्दाशयनलेले पनि आफ्नो प्रतिक्रिया जनाएकी छन् । उनले पोर्न साइट बन्द गर्न नहुने बताएकी छन् ।

sonam
पोर्न फिल्मबारेमा सबैभन्दा धेरै चर्चामा केआरके आएका छन् । उनले यसबारे बलिउडका अभिनेत्रीलाई आफ्नो तारगेट बनाएर ट्विट गरेका छन् । अभिनेत्री दीपिका पादुकोण, सोनाक्षी सिन्हा र परिणिती चोपडा पनि उनको टारगेटमा परेका छन् ।  कुरा जेसुकै भएपनि पोर्न साइट बन्द गर्ने निर्णयसँगै भारतीय मिडिया र कलाकारले मोदी सरकारको जमेरै विरोध गर्न थालेका छन् । अभिनेत्री सोनम कपूरले पनि सरकारको निर्णयको विरोध गरेका छन् । यस्तै, पूर्वकेन्द्रीय मन्त्री मिलिन्द देवडाले सरकारको इन्टरनेट सेवा प्रदायिक ८५७ पोर्न वेबसाइट्स प्रतिबन्धित गर्ने सरकारको निर्णय ‘तालिबानीकरण’ भएको बताएका छन् । सरकारको फैसलामाथि देवडाले ट्विटरमा लेखका छन्, ‘सरकारले भारतलाई तालिबानीकरणतिर धकेल्दैछ ।’

krk 2
यस्तै, एक कांग्रेस नेताले भनेका छन्, ‘प्रतिबन्ध पोर्नको  बारेमा राम्रो नराम्रो मलाई थाहा छैन । तर, यसबारे सरकारले सोचेर मात्र निर्णय गर्नुपर्छ ।’ यस्तै निर्माता रामगोपाल वर्माले पोर्न वेबसाइट्समाथि प्रतिबन्ध गर्ने सरकारको निर्णयको विरोध गरेका छन् । उनले भनेका छन्, ‘सरकारको नीजि निर्णयले देशको  सामाजिक प्रगतिलाई पछाडि धकेल्न सक्छ ।’ वर्माले ट्विट  गरेका छन्, ‘सरकारको पोर्नको लोकप्रियतालाई लिएर प्रतिबन्द गर्ने निर्णय गरेको छ । यो प्रतिबन्द अर्को चुनावमा सफाइ दिनुपर्छ ।’ यस्तै, बलिउड अभिनेता उदय चोपडाले पनि ट्विटमा लेखेका छन्, ‘पोर्न फिल्म साइट बन्द गरेर अब के हुन्छ ?’ (एजेन्सी)

Comments