फेरि स-यो शंख पंखे, अब ८ असोजमा
screennepal
प्रकाशित: २०७२, १८ श्रावण सोमबार
no img
Chanke-Sankhe-Pankhe-2

फाइल तस्बिर

काठमाडौं । दशैमा रिलिज हुने भनिएको सुर्दशन थापाको फिल्म ‘चंखे शंखे पंखे’को रिलिज डेट सरेको छ । निर्माणपक्षका अनुसार अब चलचित्र आउँदो असोज ८ देखि रिलिज हुने छ  । एक महिना रिलिज डेट वर सार्दै यूनिटले चलचित्रको आइतबार एक गीत रिलिज गरेको छ ।
‘फेसबुकैले विचल्ली पार्यो’ बोलको लोकगीतमा फेसबुकमा रमाउनेहरुको कथा र ब्याथा बुन्ने प्रयास गरेका गीतकार एक नारायण भण्डारीले गरेका छन् । यस गीतका संगीतकार ताराप्रकाश लिम्बु हुन् भने गायक रुपक डोटेल, भीम लिम्बु र रुकमान लिम्बु हुन् ।  सुर्दशन थापा, सुवास थापा र प्रेम पुरीको मुख्य अभिनय रहेको यस गीतको कोरियोग्राफी गोविन्द राईले गरेका छन् ।
ठूलो बजेटको यस चलचित्र गत जेठ १ गते नै रिलिज हुने तयारीमा थियो । तर बैशाख १२ गतेको महाभूकम्पका कारण रिलिज  सारिएको थियो ।

Comments