नेफ्टा अवार्ड : उत्कृष्ट पाँच मनोनयन सार्वजनिक
screennepal
प्रकाशित: २०७२, १६ श्रावण शनिबार
no img

nefta-award-3

काठमाडौं । कतारमा आयोजना हुन लागेको आठौ नेफ्टा फिल्म अवार्डका लागि उत्कृष्ट ५ मा पर्न सफल फिल्मीकर्मी र फिल्मको नाम सार्वजनिक गरिएको छ । आयोजक नेपाल चलचित्र प्राविधिक संघले राजधानीमा शनिबार पत्रकार सम्मेलन गरी मनोनयन सार्वजनिक गरेको हो । अवार्ड संयोजक शिव पुरीलाई मनोनयन हस्तान्तरण गरेका थिए । जुरीका तर्फबाट बोल्दै संयोजक नारायण पुरीले जुरीबिच विभिन्न मत भिन्नता रहेपनि सुक्ष्म अध्ययन गरेर मनोनयन सार्वजनिक गरिएको बताए । अर्का जुरी भरत शाक्यले अवार्डमा फिल्म हेर्दा नेपाली फिल्मको विकास भएको आभाष भएको बताए । उनले संवाद, लेखनमा अझै मिहिनेत गर्नुपर्ने बताए । अवार्डका संयोजक पुरीले आफ्नो टिम र जुरीको सहयोगले नेफ्टा अवार्ड यहाँसम्म आइपुगेको बताए ।

nefta-award-2
संघका अध्यक्ष मनोज केसीले आफूहरुले नेपाली फिल्मको विकासका लागि अवार्ड गर्दै आएकाले चित्त नबुझेका कुरा अगाडि आएर भन्न र पछि बसेर कुरा नकाट्न आग्रहसमेत गरेका छन्  । अवार्डमा यसपटक निकै चर्को भिडन्त हुने देखिएको छ । यसबर्ष ३३ विधामा प्रतिस्पर्धा हुँदैछ । साथै, पपुलर नायक, नायिका र फिल्मलाई पनि अवार्ड प्रदान गरिने भएको  छ । अन्तरराष्ट्रिय कलाकार मञ्च कतारको सहकार्यमा नेफ्टाले कतारमा यस बर्ष अवार्ड आयोजना गर्न लागेको हो ।

Comments