मेनुका नाच्दा ‘ढाई ढाईं गोली चले’ (भिडियो र फोटोफिचर)
screennepal
प्रकाशित: २०७२, १५ श्रावण शुक्रबार
no img

bhairav 4

काठमाडौं । छोटो समयमै चर्चामा आएकी अभिनेत्री हुन् मेनुका प्रधान । यी अभिनेत्रीलाई चाँडै एक फिल्ममा आइटम नम्बरमा दर्शकले पाउँदैछन् । ‘गोली ढाईं ढार्इं चले’ बोलको आइटम गीतमा मेनुका हट अवतार देखिनेछिन् । मेनुकासँगै रतन दारीवालले कम्मर मर्काएका छन् । नामजस्तै दारीवालले झुस्स दारी पालेर मेनुकासँग इमोशनल आइटममा जमेका छन् । यो गीत अभिनेता तथा निखिल उप्रेतीको महत्वकांक्षी फिल्म ‘भैरव’को हो ।

bhairav 1

bhairav 2
एक्शन अभिनयमा जमेका निखिल यसै चलचित्रमार्फत निर्देशनमा डेब्यु गर्दैछन् । केही वर्षको ब्रेकपछि नेपाली फिल्ममा फर्केका निखिलले आफ््नो पहिलो निर्देशन गरेको फिल्म भएकाले पनि ‘भैरव’लाई महत्वपूर्ण रुपमा लिएका छन् भने दर्शकका लागि पनि ‘भैरव’ पर्खाइको फिल्म हो । ‘भैरव’बाट एकपटक फेरि निखिलले आफ्नो छविलाई कायम राख्ने विश्वास गरेका छन् । अर्कोतर्फ आफ्नो निर्देशकिय छवि दर्शकमाझ प्रस्तुत गर्नु निखिलका लागि यो फिल्म चुनौती बनेको छ । यो फिल्म आउँदो भदौ ११ देखि देशव्यापी रिलिज हुँदै छ । हेरौं ‘ढाई ढाई गोली चले’ आइटम गीत ।

Comments