आउँदो शुक्रबार ‘सपना तिम्रो मेरो’
screennepal
प्रकाशित: २०७२, १५ श्रावण शुक्रबार
no img

काठमाडौं । भुकम्पपछि  सेलाएको नेपाली फिल्मको बजार सपना तिम्रो मेरोले तताउने बिश्वास गरिएको छ । ऋषिराज आचार्यको निर्देशनमा बनेको फिल्म आगामी शुक्रबार अर्थात् २२ साउनदेखि देशब्यापी रुपमा प्रदर्शन हुदैछ ।

timro mero 1
बैशाख १२ को भुकम्पपछि दर्शकले स्टार कलाकारले अभिनय गरेको नया“ नेपाली फिल्म हेर्न पाएका छैनन् । त्यसकारण पनि यो फिल्मप्रति दर्शकले आश गरेका छन् । फिल्ममा अहिलेका स्टार हिरो सबिन श्रेष्ठ र सुशांन्त कार्कीका साथ नवनायिका जान्वी बोहोरा प्रमुख छन् । ऋषिराज स्वयम्को लेखन र निर्माणमा बनेको फिल्म राहुल राईले खिचेका हुन् ।

timro mero
काठमाडौं, मुडेलगायतका ठाउमा सुटिङ गरिएको फिल्ममा सम्राट थापाको द्धन्द्ध निर्देशन, गम्भीर बिष्टको कोरियोग्राफी,अर्जुन पोखरेलको संगीत र नवीन निरौलाको सम्पादन छ । फिल्मका अन्य कलाकारमा अर्जुन श्रेष्ठ, रश्मी भट्ट, सुजनी केसी, सुरवीर पण्डितलगायत छन् । फिल्म देशभरका  पाच दर्जन हलमा प्रदर्शन हुने बितरक रोहीत कट्टेलले जानकारी दिएका छन् ।

Comments