भारती र शेखर सम्मानित
screennepal
प्रकाशित: २०७२, २ श्रावण शनिबार
no img

काठमाडौं । २०२औं भानु जयन्तीको अवसरमा अमेरिकामा बसेर नेपाली भाषा र साहित्यको क्षेत्रमा निरन्तर कलम चलाउँदै आएका भारती गौतम र शेखर ढुंगेललाई ज्योति साहित्य प्रतिष्ठानले एक समारोहबीच सम्मान गरेको छ । प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहको सभापतित्वमा राजधानीमा आयोजित कार्यक्तममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेले उनीहरुलाई सम्मान प्रदान गरेका थिए । उनीहरुालाई विदेशमा बसेर पनि नेपाली भाषामा योगदान गरेकाले ज्योति साहित्य सम्मान प्रदान गरिएको हो । कार्यक्रममा बन्दै गरेको संविधानमा नेपाली साहित्य, कला, संस्कृति र स्रष्टाहरूको योगदान र मूल्यांकनको उल्लेख नगरेकोमा सोसम्बन्धी सुझावको लागि नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रतिष्ठान, संगीत, नाट्य कला प्रतिष्ठान मिलेर छिट्टै सुझाव पठाउने तयारी भइरहेको जानकारी गराइएको थियो ।

Jyoti
कार्यक्रममा प्राज्ञ डा. ज्ञानु पाण्डे, उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवाली, कमला रिसाल ‘ज्योति’, गोविन्द घिमिरे बेदमणि, भाग्यशाली अधिकारी, उमेश पाण्डे, रामप्रसाद पन्तलगायतले आदिकवि भानुबारे प्रकाश पारेका थिए । सो अवसरामा विष्णु विरही, इशा शाह, स्मृति अधिकारी, पुण्य गौतम विश्वास, निराजन मौद्गल्य, शिशिर सापकोटा, रश्मि रिमाल, राधिका पन्त, कमला रिसाल  रिसाल ‘ज्योति’, ब्रम्हप्रिय प्रेमस्वरूप, शुशिल राजोपाध्याय, कृष्णप्रसाद वस्याल, दिनेश कुमार संग्रौला, उदास कार्की, समिना खनाल, लक्ष्मी ऐडीलगायतले प्रतिष्ठानको १०५औं कविता यात्रामा रचना वाचन गरे ।

Comments