चर्चित संगीतकार विश्वनाथको निधन
screennepal
प्रकाशित: २०७२, २९ असार मंगलवार
no img

ms-viswanathan_s

मुम्बई । भारतका चर्चित संगीतकार एम.एस. विश्वनाथनको मंगलबार बिहान ८८ वर्षको उमेरमा निधन भएको छ । विश्वनाथले एक हजारभन्दा बढी फिल्ममा संगीत दिएका छन् । बुढ्यौलीसँगै बिमारी भएपछि विश्वनाथको एक निजी अस्पतालमा उपचार हुँदै आएको थियो । उनका चार छोरा र तीन छोरी छन् । उनको पारिवारिक सूत्रका अनुसार विश्वनाथको अन्तिम संस्कार बुधबारमात्रै गरिने भएको छ । उनले प्रायः हरेक साउथको फिल्ममा संगीत दिएका छन् । उनले केही फिल्ममा अभिनयसमेत गरेका छन् । विश्वनाथको जन्म भारतको केरलस्थित पलक्कडमा भएको थियो । विश्वनाथको निधनले तमिल सिनेमा क्षेत्रलाई ठूलो धक्का लागेको बताइएको छ । (एजेन्सी)

Comments